Skip to main content

Posts

Featured

प्रधानमन्त्री ओली ६ वर्षीया तामाङको अभिभावक

काठमाडौं, वैशाख २ – प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार मुगुका एकजना विद्यार्थीलाई विद्यालय भर्ना गरिदिनुभएको छ । मुगुको मुगुम कार्मारोंग गाउँपालिका वडा नम्बर ८ निवासी आमा छिजु तामाङ र बाबु कार्मा टोन्डु लामाका ६ वर्षीया छोरी थिल्ने साङ् तामाङलाई प्रधानमन्त्रीले विद्यालय भर्ना गरिदिनुभएको हो । मुगुमा रहेका प्रधानमन्त्रीले शनिबार तामाङलाई बुद्ध मावि मांग्री पुगेर भर्ना गर्नुभएको छ । छात्राको अभिभावत्व ग्रहणको पुस्तिकामा हस्ताक्षर गर्नुभएका प्रधानमन्त्रीले तामाङलाई पोसाक र पुस्तक प्रदान गर्नुभएको थियो । प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि बुद्ध माविमा छेरिङ छोन्तोम लामालाई विद्यालय भर्ना गरिदिनुभएको छ । शाक्यले टोमा लामा र कार्मा नाम्ग्याल लामाकी छोरी छेरिङको अभिभावकत्व पनि ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गर्दै एक व्यक्तिले कम्तिमा एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना अभियानमा सघाउन अपील गरिसक्नुभएको छ | साभारः तामाङ अनलाइनबाट

Latest Posts

डीपीएलका उत्कृष्ट पाँच, ज्ञानेन्द्र मल्लले बनाए सर्वाधिक रन

८ कक्षा नपढे चुनाव लड्न, सरकारी जागिर खान र व्यापार गर्न नपाइने !

धनगढी प्रिमियर लिगको उपाधि टिम चौराहालाई

त्रिभुवन विमानस्थल सुधारको कार्ययोजना बनाइँदै

पोखरामा सोनाम ल्होछार भोज र विविध साँस्कृतिक कार्यक्रम सम्पन्न

सांसद नविना लामाको विवाह वैशाख १३ गते,प्रमुख आतिथ्यमा प्रधानमन्त्री केपी वली

माग्ने बुडा(केदार घिमिरे) ले तामाङ भासा फरर बोलेको हेर्नुहोस भिडियो

तामाङ जातिको मोक्तान थर र फो रुही (स्वागे भाइ)

नेपाली महिलाका जीवनी बेलायती विश्वविद्यालयको पाठ्यक्रममा

गणेश लामालाई पूर्पक्षको लागि सेन्ट्रल जेल चलान