गणेश लामालाई पूर्पक्षको लागि सेन्ट्रल जेल चलान
काठमाडौं । गत फागुन ३० गते गौशालाको पशुपति भिजन होटलबाट हतियारसहित पक्राउ परेका गुन्डा नाइके गणेश लामालाई पूर्पक्षको लागि जेल चलान गरिएको छ । उनलाई डिल्लीबजार कारागारमा लगिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वराज पोखरेलले बताए।
लामालाई इजाजत विना गैरकानूनी रुपमा हातहतियार लिई हिडेको कसुरमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले सोमबार पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो । सरकारी वकिलको कार्यालयले लामाविरुद्ध हातहतियार तथा खरखजाना ऐन अन्तर्गतको मुद्दामा एक वर्ष जेल सजायँ र पाँच लाख रुपैयाँ जरिवानासहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा मुद्दा बुझाएको थियो । लामालाई एक थान पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको थियो । लामाले भने आफ्नो पेस्तोल नभएको दाबी गर्दै आएका छन् । लामाले आफूलाई गोली हान्न आएका युवाबाट पेस्तोल खोसेको बयान प्रहरीलाई दिएका छन् ।
साभारः तामाङ अनलाइनबाट
Comments
Post a Comment