पोखरामा सोनाम ल्होछार भोज र विविध साँस्कृतिक कार्यक्रम सम्पन्न
दिपक वाइबा तामाङ
पोखरा । पोखरेली तामाङहरु मध्ये तितुङ ग्राङ्देन भाईखलक पोखराले चेलीबेटी सहितको सोनाम ल्होछार भोज र विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङले आफ्ना शुभकामना सहित तितुङ ग्राङ्देन भाईखलकको ऐतिहासिक र वंशावलीका विषयमा केहि चर्चा गर्नुभएको थियो ।
अन्जना डुम्जन तामाङले सन्चालन गर्नुभएको कार्यक्रममा बिशेष आमन्त्रित पाहुनाहरुमा नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङ , पूर्व कावा अध्यक्ष कुमबहादुर तामाङ , प्रदेश नं.-४ तमुवान-मगरातका अध्यक्ष दिपक वाईबा तामाङ , कास्कीका उपाध्यक्ष टेकबहादुर तामाङ , तामाङ बौद्ध सेवा समितिका अध्यक्ष केशबहादुर नेपाल तामाङ महिला घेदुङ कास्कीका पूर्व अध्यक्ष डिलमाया स्याङ्बो र फ्याफुल्ला महिला साकोसका अध्यक्ष बिष्णु योन्जन तामाङको उपस्थिति रहेको थियो ।
साभारः तामाङ अनलाइनबाट
Comments
Post a Comment