डीपीएलका उत्कृष्ट पाँच, ज्ञानेन्द्र मल्लले बनाए सर्वाधिक रन
३० चैत, धनगढी । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि धनगढी टिम चौराहाले जितेको छ । धनगढीले फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराएर दोस्रो पटक उपाधि जितेको हो । समूह चरणमा सबै खेल जितेको काठमाडौं गोल्डेन्सले दुई खेल हार्यो र दुबै खेल टिम चौराहा धनगढी रहृयो । क्वालिफायरमा काठमाडौंलाई हराएको टिम चौराहाले फाइनलमा पनि उसलाई हरायो । टिम चौराहा रोहन मुस्तफा फाइनलका म्यान अफ दि म्याचसँगै म्यान अफ दि सिरिज बनेका छन् ।
सर्वाधिक पाँच स्कोरर
डीपीएलमा सर्वाधिक रन बनाउने पाँच खेलाडीमा काठमाडौंका दुई ब्याट्सम्यान छन् । काठमाडौंका ज्ञानेन्द्र मल्लले ७ इनिङमा २४८ रन बनाए । ४१.३३ को एभरेजमा रन बनाएका उनले १४ चौका र १५ छक्का हाने ।
काठमाडौंकै अमित श्रेष्ठले ७ इनिङमा २ सय ४२ रन बनाए । ४०.३३ को एभरेजमा रन बनाएका उनले २५ चौका र १० छक्का हाने ।
धनगढीका सुनिल धमलाले ७ इनिङमा २ सय २९ रन बनाए । ३८.१६ को एभरेजमा रन बनाएका उनले २४ चौका र ७ छक्का हाने ।
धनगढीकै रोहन मुस्तफाले ६ इनिङमा १९८ रन बनाए । ३३ को एभरेजमा रन बनाएका उनले १० चौका र ११ छक्का हाने ।
यस्तै प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको विराटनगर किंग्सका बाबर हयातले ५ इनिङमा १८६ रन बनाए । ३७.२० को एभरेजमा रन बनाएका उनले १२ चौका र १७ छक्का हाने । उनी प्रतियोगिताकै धेरै छक्का हाने ब्याट्सम्यान पनि बने ।
धेरै विकेट लिने पाँच बलर
प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी धनगढीका ललित भण्डारी बने उनले ७ इनिङमा २६ ओभर बलिङ गर्दै १८५ रन खर्चेर १४ विकेट लिए ।
काठमाडौंका सन्नी पटेलले ८ इनिङमा २९ ओभर बलिङ गर्दै १३० रन खर्चेर १३ विकेट लिए ।
काठमाडौंकै रसिद खानले ७ इनिङमा २५ ओभर ३ बल बलिङ गर्दै २१६ रन खर्चेर ११ विकेट लिए ।
सीवाईसी अत्तरियाका शुभाकंर उरावले ५ इनिङमा १३ ओभर २ बल बलिङ गर्दै ५७ रन खर्चेर १० विकेट लिए ।
यस्तै अत्तरियाकै कमल सिंह ऐरीले ५ इनिङमा १६ ओभर बलिङ गर्दै १११ रन खर्चेर ९ विकेट लिए ।
धनगढीका रोहन मुस्तफाले पनि ९ विकेट लिए । प्रतियोगिताको ६ इनिङमा २२ ओभर बलिङ गरेका उनले १५८ रन खर्चेर ९ विकेट लिएका हुन् ।/p>
साभारः अनलाइन खबरबाट
Comments
Post a Comment