फुकुओकामा ‘नेपाल फेष्टिवल’मार्फत जापानीलाई नेपाल भ्रमणको निम्तो दिने

२ अप्रील, टोकियो । जापानको दक्षिणी क्षेत्रको मुख्य शहर फुकुओकामा नेपाल फेष्टिवलको आयोजना गरिने भएको छ ।दुई दिवसिय नेपाल फेष्टिवल फुकुओका नेपाल सोसाईटी र गैरआवासीय नेपाली संघ एनआरएनए क्युस्युले संयुक्त रुपमा गर्न लागेको हो ।क्युस्यु क्षेत्रमा बसोबास गर्ने जापानी नागरिकहरुलाई नेपाल भ्रमणका लागि आकर्षित गर्दै नेपाली कला, संस्कृतिको प्रसारप्रचार गर्ने उद्देश्यले फेष्टिवलको आयोजना गरिएको संयोजक पुरुषोत्तम सिग्देलले बताए ।यही अप्रील १४ र १५ तारिख फुकुओकाको तेन्जिङ चिउओकु पार्कमा हुने फेष्टिवलबाट नेपालमा पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने सिग्देलको विश्वास रहेको छ ।

फेष्टिवलमा नेपालका विभिन्न क्षेत्रका सांस्कृतिदेखि भौगोलिक बिबिधतालाई आकर्षक तयारीले प्रस्तुत गर्ने आयोजकले बताएको छ ।फेष्टिवलमा लाखे नाच, देउडा नाच, विभिन्न जातजातीको झांक्री, हिन्दु परम्परामा गरिने पञ्चे बाजागाजासहितको विबाहको नाटक मञ्चनसमेत गरिने छ ।लगभग दुई लाखभन्दा बढी अवलोकनकर्ता भित्र्याउने लक्ष्य लिएको आयोजकले फेष्टिवलको तयारी तिव्र गतिमा अगाडी बढेको सिग्देलले बताए । फेष्टिवलमा ३६ स्टलहरु राखिने छ ।विगत ७ वर्षअघिबाट ‘बैशाखी मेला’मार्फत नेपाल चिनाउँदै आएको आयोजकले यो वर्षबाट भने नेपाल फेष्टिवल नामकरण गरिएको हो ।

साभारः अनलाइन खबरबाट

Comments