सगरमाथा आहरोहणको लागि शर्मिला तामाङलाई १५ लाख पाँच हजार एक सय त्रिपन्न रुपैया प्रदान
भक्तपुर । थोकर फिल्म प्रालिको आयोजनामा गरिएको अभियानले आज भक्तपुरमा पत्रकार सम्मेलन गरि सगरमाथा आहरोहणको तयारीमा रहेकी शर्मिला स्याङतान तामाङको सहयोगार्थ रकम संकलन कार्यक्रम समापन तथा शर्मिला स्याङतान तामाङलाई शुभकामना प्रदानको साथै पत्रकार सम्मेलन २०७४ को प्रमुख अतिथि निर्देशक तथा वरिष्ठ कलाकर्मी प्रकाश सुवेदीको प्रमुख अतिथ्यमा सम्पन्न भएको छ।
बिशेष अतिथि पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी त्यसैगरी बिशेष अतिथि सुशील बन्दु थापा कुमार थोकर,सगरमाथा अारोहणको तयारीमा रहेकी शर्मिला स्याङतान तथा पत्रकार र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियोे ।उक्त कार्यक्रममा स्वागत मन्तव्य पदम लामा (आलेक्स) ले राख्नुभएको थियोे भने शर्मिला स्याङ्तान तामाङलाई प्रमुख अतिथि, बिशेष अतिथि र अन्य अतिथिहरुले शुभकामना व्यक्त गर्नु भएको थियोे।गत माघ १३ गतेबाट चियापान कार्यक्रमबाट शुरुआत गरिएको सहयोगार्थ अभियान फागुन २६ गते शनिबार अजिमा पार्टी प्यालेस भक्तपुरमा पनि बृहत सांस्कृतिक कार्यक्रम राखेको थियोे। आज चैत्र २५ गते पत्रकार सम्मेलनमा रु १५ लाख पाँच हजार एक सय त्रिपन्न रुपैया नगद चेक प्रमुख अतिथिबाट हस्तान्तरण गरिएको छ।उक्त कार्यक्रमको सभापति थोकर फिल्मको प्रा लि को अध्यक्ष तथा समाजसेवी बिकु थोकरले गर्नु भएको थियोे भने कार्यक्रम सञ्चालन सुदिन दोङले गर्नु भएको थियोे । साभार – सुदिन दोङ तामाङ/सिन्धुली म्ह्वावार बाट
साभारः तामाङ अनलाइनबाट
Comments
Post a Comment