पत्नी वियोगमा मदनकृष्णले लेखे– आँसु छँदैछ नि मलाई स्याहार्ने !

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ यतिबेला पत्नी वियोगमा विक्षिप्त छन् । क्यान्सरपीडित उनकी पत्नी यशोदाको सोमबार राति उपचारका क्रममा मृत्यू भएको थियो । श्रीमतीको अन्त्येष्टिका क्रममा पशुपति आर्यघाटमा मदनकृष्ण शोकाकुल बनेका थिए । बेलुकी उनले फेसबुकमा आफ्नो भावना व्यक्त गरेका छन् । उनले श्रीमतीको फोटो पोष्ट गर्दै लेखेका छन्-

सबैले माया मारेर के भो

तिमी छँदैछौ नि मलाई प्यार गर्ने

तिमीले पनि माया दिन नभ्याउँदा

आँसु छँदैछ नि मलाई स्यार गर्ने

फेसबुकबाट मदनकृष्णलाई हजारौंले सहानुभूति दर्शाएका छन् । उनका सहकर्मी हरिवंश आचार्यले फेसबुकमा स्टाटस लेखेका छन्, ‘हामी सबै सधै‌ँ झैं मदन दाइको साथमा छौं ।’

साभारः अनलाइन खबरबाट

Comments