मन्थली-रामेछाप सडकः काम नसिकिदै कालोपत्रे भत्कियो
२३ चैत, रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीदेखि पुरानो सदरमुकाम रामेछाप बजारसम्म जोड्ने सडकको काम पूरा नहुँदै कालोपत्रे उक्किएको छ । कामनै सम्पन्न नभइ सडकको कालोपत्रे उक्किएपछि सडकको गुणस्तरीयता माथि प्रश्न उठेको छ । मन्थलीदेखि रामेछापसम्मको १७ किलोमिटर लामो सडकको कालोपत्रेको काम सन् २०१७ को फेब्रुअरी महिनासम्म पूरा गर्ने गरी बज्रगुरु कन्सट्रक्सन प्रालिले जिम्मा लिएको थियो । एक वर्ष ढिलो गरी हालै काम पूरा भएको सो सडक १४ करोड ६५ लाख रुपैयाँमा निर्माणकार्य पूरा गर्नेगरी सो कम्पनीले काम जिम्मा लिएको हो । सडकको नाली बनाउने तथा पाइप राख्ने, कालोपत्रे गर्ने र अन्य काम पूरा भएको छ ।
काम गुणस्तरीय भएन
ठेकेदारको लापरवाहीले गर्दा सडक बनिनसक्दै भत्किदा पनि यस विषयमा भने सरोकारवाला निकाय गम्भीर देखिएन । यो सडक हेर्ने सडक डिभिजन कार्यालय सिन्धुलीका प्रमुख राकेश महर्जन कालोपत्रे भत्किएको बारेमा आफूलाई थाहा भएको भए पनि त्यो सामान्य भएको बताउँछन् । उनले सडक पिच गर्दा प्रयोग गरिने सामान कम भएर नभइ बढी भएर सडक भत्किएको बताउँछन् । उनले भने,’सो सडकमा कालोपत्रे गर्दा विटुमिन बढी हालिएकोले यस्तो भएको हो । कालोपत्रे गर्दा चिसो मौशममा गरिएको हुँदा बढी विटुमिन प्रयोग भयो । अहिले गर्मिमा विटुमिन पग्लिएर सडक भत्किएको हो । ‘ उनले अझै सो सडकका विभिन्न मोडहरुमा सडक यसैगरि भत्कन सक्ने बताए । ‘विगि्रएको ठाउँमा निर्माण कम्पनीलेनै मर्मत गर्छ, यसमा आत्तिनु पर्ने कुरा छैन’, उनले भने ।
सरोकार समिति वेपत्ता
साभारः अनलाइन खबरबाट
Comments
Post a Comment