यूएर्इमा नेवा दिवस

१ अप्रील, यूएर्इ । यूएर्इस्थित अजमानमा नेवाः पुचः यूएर्इले शुक्रबार नेवा दिवस मनाएको छ । नेवास् पुचस्का अध्यक्ष लक्ष्मण श्रेष्ठको सभापतित्वमा नेवारी परम्परा अनुसार थकाली, केन्द्रीय पदाधिकारीहरू, क्षेत्रीय पदाधिकारीहरु तथा मिसास् पुचस्का पदाधिकारीहरुको उपस्थितिमा परम्परागतरुपमा दिवस मनाइएको हो । कार्यक्रमा नेफिन यूएई अन्तर्गत तमु समाजका अध्यक्ष उषा तमु, तामाङ्ग समाजका अध्यक्ष महेश मोक्तान, एनआरएनए यूएईका अध्यक्ष, रमेश श्रेष्ठ, तथा एनआरएनए एनसीसी सदस्य मनोज गोर्खालीका साथसाथै अन्य अतिथिहरुको उपस्थितिमा नेवारी चलनअनुसार सुकुन्दामा दीप प्रज्वलन गरी बिधिवत रुपमा कार्यक्रम शुभारम्भ गरिएको थियो । नेपालको राष्ट्रियगानबाट शुरू गरिएको कार्यक्रममा गत मार्च १२ तारिखमा दुर्घटना भएको यूएस बंगला एयरलाइन्समा दिवंगत भएका सम्पूर्ण यात्रुहरुको आत्माको चिरशान्तिको लागि एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

नेवास् पुचस् यूएईका महासचिव कुमार बलामी तथा केन्द्रीय महिला प्रमुख कामना श्रेष्ठले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य दिदै केन्द्रीय सदस्य हिरालाल श्रेष्ठले यूएईमा रहेका नेवार समुदायलाई एकजुट हुन आव्हान गरेका थिए । स्वागत मन्तव्य पश्चात उपस्थित सम्पूर्णलाई मिसास् पुचस् अबुधाबीका उपाध्यक्ष मीना श्रेष्ठ, सचिब अन्जना कर्माचार्य नकर्मी, कोषाध्यक्ष रजिना जोशी श्रेष्ठ, सदस्य अर्चना शिख्राकार, अजमानका पद्मा श्रेष्ठ र निरु श्रेष्ठ तथा शारजाहका कल्पना श्रेष्ठले तयार पारेको भएको वहस्, न्या, खें, छोएला, अचार सहितको समेबजी जस्ता नेवारी परिकार दिइएको थियो । त्यसपछि धिमे बाजा र भुस्याको तालमा केन्द्रीय सदस्य हिरालाल श्रेष्ठबाट लाखे नाच प्रस्तुत गरिएको थियो । कामना श्रेष्ठ, अवनी श्रेष्ठ, बबिता श्रेष्ठ, शिवकुमार श्रेष्ठ र कुमार बलामीले नेवारी नृत्यहरु प्रस्तुत गरेर उल्लासमय वातावरणमा नेवा दिवस मनाइएको थियो । मन्तव्यका क्रममा पुचस् उपाध्यक्ष राजेश प्रधानले पुचस्का विगत देखि हालसम्म भएका कार्यक्रममा प्रकाश पारेका थिए ।

पुचस्का भुपु अध्यक्ष, संरक्षक तथा विशेष सल्लाहकार प्रमोद श्रेष्ठले व्यक्तिगत पहलले मात्रै नभएर राज्यसँग पहिचान, भाषा र संस्कृति उत्थान र स्थापित गर्ने अधिकार प्राप्त गर्नुपर्ने भएकोले राजनैतिक रुपमा पनि जागृत हुनुपर्ने कुरामा जोड दिएका थिए । अबुधाबी क्षेत्रीय अध्यक्ष सुनिल मान श्रेष्ठले नेवास् दिवसलाई निरन्तरता दिँदै आफ्नो भाषा, संस्कृति तथा कलालाई जगेर्ना गर्नुपर्ने कुरामा जोड दिए । पुचस्का अध्यक्ष लक्ष्मण श्रेष्ठले अन्य सामाजिक संघ संस्थासंग पनि हातेमालो गर्दै सामाजिक कार्यमा सहकार्य गर्दै नेवास् पुचस् अगाडि बढ्ने कुरामा प्रकाश पारे । यस कार्यक्रमका थकाली तथा पुचस्का प्रमुख सल्लाहकार डा। सुरेन्द्र प्रसाद श्रेष्ठले युएईमा नेवार समुदायको गतिविधि र बिकास सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । धन्यवाद मन्तव्य दिने क्रममा पुचस्का महासचिव कुमार बलामीले कार्यक्रम सफल पार्न विशेष भुमिका खेल्नु हुने मानार्थ सदस्यहरु भुवन नकर्मी, भीम नारायण श्रेष्ठ, रबिन महर्जन र भुपु महासचिव सुरथ प्रधानका साथसाथै केन्द्रिय, क्षेत्रीय र मिसास् पुचस्का पदाधिकारीज्युहरु, उपस्थित कलाकारहरु तथा उपस्थित विभिन्न संस्थाका पदाधिकारीज्युहरुलाई संसारका कुनैपनी कुनामा रहे पनि आफ्नो परिवार, संस्कृति र राष्ट्रलाई कहिल्यै नबिर्सन आग्रह गरेका थिए ।

साभारः अनलाइन खबरबाट

Comments