सरकारले धुर्मुसलाई भन्योः मुलपानी रंगशाला आफैं बनाउँछौं, पोखरा जानुस्
२३ चैत, काठमाडौं । सरकारले मुलपानी क्रिकेट मैदान आफैं बनाउने बताएको छ र धुर्मुस सुन्तली फाउण्डेसनलाई पोखरा जान प्रस्ताव गरेको छ । कलाकार सिताराम कट्टेल धुर्मुसले क्रिकेट रंगशाला बनाउने घोषणा गर्दै मुलपानी, चितवनसहितका स्थानमा जग्गा हेरेका छन् । फाउण्डेसनका पदाधिकारीहरुले खेलकुदमन्त्री जगत विश्वकर्मालाई भेटेर प्रपोजल पनि बुझाएका छन् । औपचारिक निर्णय नभएपनि मुलपानी वा चितवनमा रंगशाला बनाउने सकिने देखिएको छ । तर, युवा तथा खेलकुद मन्त्रालयले मुलपानीको रंगशाला आफैं बनाउने बताएको छ । मन्त्री विश्वकर्माले भने, ‘जग्गा विवाद मिलाउन प्रयत्न गरिसकेका छन् । छिट्टै समाधान गरेर काम थाल्छौं र २ वर्षभित्र निर्माण सक्छौं ।’
मुलपानीमा ४७ आना जग्गाको मुआब्जा विवाद छ । स्थानीयबासीले सरकारले दिएको मुआब्जामा चित्त नबुझाएपछि रंगशाला क्षेत्रकै छेउमा सट्टा जग्गा दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगिने सचिव महेशप्रसाद दहालले जानकारी दिए । मुआब्जा विवाद समाधान भए लगतै चालु आर्थिक वर्षमा विजियोजन भएको १० करोडले काम थाल्ने र अर्को वर्ष प्याराफिट निर्माण सक्ने योजना छ । २ वर्षमा सबै काम सकेर रंगशाला तयार बनाउने सचिव दहालले सुनाए ।
धुर्मुसलाई पोखरा जान प्रस्ताव
साभारः अनलाइन खबरबाट
Comments
Post a Comment