बुद्ध लामाका बाबुको प्रश्न: सागर आलेले त्यत्रो कमायो, मेरो छोराले खोई ?
पहिलो नेपाल आइडलको सफलतापछि एपी वान टेलिभिजन यतिबेला दोस्रो नेपाल आइडलको तयारीमा छ । आगामी ६ चैतदेखि देशका विभिन्न स्थानमा अडिसनहरु सुरु हुन गइरहेका छन् । तर, यति नै बेला पहिलो नेपाल आइडल बनेका बुद्ध लामासँग सो टेलिभिजनको सम्वन्ध बिग्रेको छ । लामाले केही दिनअघि एउटा अडियो सार्वजनिक गर्दै टेलिभिजनलाई विवादमा तानेका थिए र आफू पनि विवादित बनेका थिए । उनले ८ महिनासम्म धाउँदा पनि टेलिभिजनबाट पुरस्कारमा पाएको गाडी चढ्न नपाएको गुनासो अडियोमा गरेका थिए । करिब ३२ लाख मूल्यको गाडीको ब्लु बुक लिनका लागि बुद्धले नियमानुसार २५ प्रतिशत (करिब ८ लाख रुपैयाँ) आकस्मिक लाभ कर तिर्नुपर्ने हुन्छ । तर, बुद्ध सो कर पनि टेलिभिजनले तिरिदिनुपर्ने बताउँछन् । यसबाट एपी १ क्षुब्द बनेको छ ।
‘नेपाल आइडल बनेको व्यक्तिलाई यति सामान्य कुरा थाहा हुनुपर्ने होइन र ?’ एपी वान टेलिभिजनकाप्रबन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलले अनलाइनखबरसँग भने, ‘आफूले तिर्नुपर्ने कर नतिर्ने अनि उल्टै हामीविरुद्ध मिडियाबाजी गर्दै हिँड्ने ?’ बुद्धले ‘जुन थालमा खायो त्यही थालमा थुक्ने’ जस्तो हर्कत गरिरहेको उनको भनाई छ । साथै उनले बुद्धलाई कसैले नेपथ्यबाट उचालिरहेको हुन सक्ने आशंका पनि गरे । ‘मैले पछिल्लो उनलाई सम्पर्क गर्न र सम्झाउन विभिन्न कोशिष गर्दा पनि’ पौडेलले भने, ‘उनी सम्पर्कमै आउन चाहेका छैनन् ।’ बुद्ध लामासहित नेपाल आइडलका टप ३ यतिबेला कन्सर्टका लागि हङकङमा छन् । शनिबार मात्र हङकङ गएका हुन् । उनीहरु त्यहाँबाट फर्केर नेपाल आएपछि बुद्धसँग बसेर सिरियस कुरा गर्ने पौडेलले बताए । पौडेलका अनुसार बुद्धलाई दिइएको गाडी यतिबेला उनको बुवाले काम गर्ने पोखरास्थित दमकल कार्यालयमा छ । बुद्धले गाडी नपाएको भनेर विवाद निकालेपछि आफूहरुले त्यहाँ पुगेर गाडीको फोटो र भिडियोसमेत ल्याएको पौडेलले उल्लेख गरे । बुद्धलाई नेपाल आइडल बनेलगत्तै महिन्द्रा केयूभी १००गाडीको साँचो हस्तान्तरण गरिएको थियो ।
बुद्धका बाबुको गुनासो: छोराले पैसा कमाएन
एपी १ का पौडेलले भने प्राविधिक कारणले एक पटक चेक बाउन्स भएको र त्यस लगत्तै आफूहरुले क्यास उपलब्ध गराइएको बताए । नेपाल आइडलका टप थ्री बुद्ध लामा, निशान भट्टराई र प्रताप दासले अहिलेसम्म एक साथ पाँच वटा देशको भ्रमण गरिसकेका छन् । थुप्रै कन्सर्टहरुमा भाग लिइसकेका छन् । तर, त्यसवापत उनीहरुलाई कुनै पारिश्रमिक दिइएको छैन । उनीहरुको खाने-लाउने र बस्ने खर्च मात्र पाउँदै आएका छन् । यसमा पनि सन्तमानले खिन्नता प्रकट गरेका छन् । ‘यत्रो घुमेको एक पैसा पनि दिएको छैन । सबै एपी १ ले खान्छ । त्यसैको लागि निहुँ खोजिरहेका छौं,’ उनी भन्छन् । उनले अगाडि भने, ‘चौंथो भएको सागर आलेको खातामा ४० लाख रुपैयाँ जम्मा भयो, विदेश भ्रमण गरेर पनि पैसा कमाइरहेको छ, तर बुद्धले खोइ कमाएको ? नाम मात्रै कमाएर के गर्नु ? दाम पनि चाहियो नी ?’ पारिश्रमिक नदिइएको विषयमा प्रश्न गर्दा एपी १ का जिएम पौडेलले भने, ‘नेपाल आइडल भएपछि १ वर्षसम्म उनीहरु एपी १ टिभीसँगको सम्झौतामा बाँधिन्छन्, र हाम्रो लागि काम गर्छन् । यसको बेग्लै पारिश्रमिक दिने व्यवस्था छैन ।’
उनले कन्सर्टबाट उठेको सबै पैसा आफूहरुले नपाउने पनि बताए । लन्डनस्थिति फ्रेन्चाइज कम्पनी पि|mम्यान्टल मिडियालाई यसको २५ प्रतिशत पठाउनुपर्ने उनको भनाइ छ । सुरुमा बुद्धलाई २० लाख पुरस्कार घोषणा गरिए पनि फस्र्ट रनरअप र सेकेन्ड रनरअपलाई नगद पुरस्कार घोषणा गरिएको थिएन । पछि विदेश भ्रमणमा बुद्धसँगै लगिने भएपछि उनीहरुलाई क्रमशः १५ लाख र १० लाख प्रदान गर्न टेलिभिजन तयार भएको थियोउ । यसमा पनि २५ प्रतिशत आकस्मिक लाभ कर काटिन्छ । तीनै जनालाई सो रकम तीन किस्तामा उपलब्ध गराउने भनिएको छ । हालसम्म दुई किस्ता उपलब्ध गराइएको र एक किस्ता रकम बाँकी रहेको पौडेलले जानकारी दिए । बुद्धसहित नेपाल आइडलका फर्स्ट र सेकेन्ड रनरअप निशान भट्टराई र प्रताप दास अहिले हङकङमा छन् ।
नेपाल आइडल घाटामा
साभारः अनलाइन खबरबाट
Comments
Post a Comment