बन्दको प्रचार गर्दै हिँडेका पूर्वलडाकु गुरुङ समातिए
२४ फागुन, काठमाडौं । बन्दको प्रचार गर्दै हिँडेका पूर्व जनमुक्ति लडाकू समूहका अध्यक्ष रञ्जित गुरुङ पक्राउ परेका छन् ।उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले बिहीबार दिउँसो न्यूरोडबाट पक्राउ गरेको हो ।
परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले अनलाइनखबरलाई दिएको जानकारी अनुसार फागुन २५ र २६ गते नेपाल बन्द भनेर समाजमा आतंक फैलाएको गुनासो आएपछि उनलाई पक्राउ गरिएको हो ।उनीमाथि थप अनुसन्धान थालिएको छ ।
साभारः अनलाइन खबरबाट
Comments
Post a Comment