पर्यटनमन्त्रीको दावी : ५ वर्षमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको आधा काम सकिन्छ
९ चैत, सिमरा । बारा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले ५ वर्षभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आधा काम सिध्याउने दावी गरेका छन् । शुक्रबार बाराको सिमरामा आयोजित सिमरा औद्योगिक महोत्सवमा उनले ५ वर्षभित्रमा कम्तीमा आधा काम सिध्याउने गरी काम गर्ने बताए । ‘हावादारी कुरा बोलेर हुँदैन, म ५ बर्षमै बन्छ भन्दिन, कम्तीमा २ बर्षमा पुर्वतयारीको काम सकिनुपर्छु उनले भने, ुयति ठूलो आयोजना जादु जसरी सम्पन्न हुँदैन, ५ बर्षभित्र आधाआधी काम सक्न पाए हामीले ठूलै युद्ध जितेसमान हुनेछ ।’ बारामा बन्न लागेको दु्रतमार्ग र अन्तर्राष्ट्रिय विमानस्थलबारे सुरुवाती चरणदेखि आफू जानकार रहेको बताउँदै मन्त्री अधिकारीले स्थानीय जनप्रतिनिधिलाई गम्भीरतापूर्वक आयोजना निर्माणमा सहयोग गर्न आग्रह गरे । ‘मन्त्रालयबाट गर्नुपर्ने कुनै पनि जिम्मवारीमा ढिला गर्दैन, आयोजना निर्माणको प्रमुख मेरुदण्ड भनेको तपाईंहरु हो’, उनले जनप्रतिनिधिहरुलाई भने ‘अब काममा कुनै पनि कारणले ढिलासुस्ती हुनु हुँदैन ।’ मन्त्री अधिकारीले शुक्रबार विमानस्थल निर्माण क्षेत्रमा पर्ने टाँगीयाबस्तीको स्थलगत अवलोकनसमेत गरेका छन् ।
कहाँ पुग्यो निर्माण कार्य ?
साभारः अनलाइन खबरबाट
Comments
Post a Comment