कुवेतमा नेपालीहरूका लागि रोजगारीका अवसर खोज्दै नेपाली दूतावास
१८ फेब्रुअरी, कुवेत । fकुवेतमा नेपाली दूतावासले नेपालीहरूका लागि रोजगारको खोजी गरिरहेको छ । दूतावासले यहाँका रोजगारदाताहरूलार्इ नेपालीहरूका लागि कार्यदक्षता अनुसार रोजगारीको अवसर बृद्धि गरिदिन अग्रह गरेको हो ।‘नेपाली श्रमिकहरूका लागि कुवेतमा थप रोजगारीको खोजी एवं उनीहरूका समस्या समाधान’ बिषयमा नेपाली दूतावास र कुवेतका रोजगारदाता कम्पनीहरूबीच भएको अन्तरक्रिया कार्यक्रममा यस्तो अाग्रह गरिएको हो ।कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले नेपाल र कुवेतवीचको मैत्रीपूर्ण सम्बन्ध तथा नेपाली नागरिकहरूको दक्षता एवं कर्मशीलताको बारेमा उल्लेख गर्दै नेपालका दक्ष एवं अर्धदक्ष लगायतका जनशक्तिका लागि रोजगारीका अवसरहरू बृद्धि गरिदिन रोजगारदाता कम्पनीहरूलार्इ आग्रह गरे ।
उनले नेपाली श्रमिकहरूका लागि कुनै पनि प्रकारका समस्या सृजना हुन नदिन निरोधात्मक उपायमा जोड दिन समेत अाग्रह गरेका छन् ।साथै त्यसरी प्रयास गर्दा पनि कुनै समस्या उत्पन्न भएमा प्रभावकारी उपचारात्मक कार्यद्वारा समस्या समाधान गरी उनीहरूको रोजगारीलार्इ समस्यारहित एवं उपलव्धिमूलक बनाउनका लागि आवश्यक सहयोग प्रदान गर्न रोजगारदाताहरूलार्इ आग्रह गरे ।कार्यक्रममा राजदूतावासका द्धितीय सचिव ज्ञानबहादुर मगरले ‘नेपाली श्रमिकका समस्याहरू एवं तिनको समाधान’ बिषयमा र श्रम सहचारी ज्ञानेन्द्र शर्माले ‘नेपाली श्रमिकहरूका लागि थप रोजगारीको सम्भाव्यता’ बिषयमा विस्तृत रूपमा जानकारी दिएका थिए ।प्रथम सचिव भोगेन्द्र लिङ्देनले सहजिकरण गरेको कार्यक्रममा कुवेतका रोजगारदाता कम्पनीका प्रतिनिधिहरुले दक्ष एवं अर्धदक्ष लगायतका नेपाली श्रमिकहरुका लागि रोजगारीको अवसर बृद्धि गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।साथै उनीहरूले नेपाली नागरिकहरुका लागि कुवेतमा रोजगारी प्रवर्दन गर्ने सिलसिलामा दूतावासबाट भएका पहलहरुको प्रसंशा समेत गरेका थिए ।कार्यक्रममा कुवेतका प्रमुख रोजगारदाता कम्पनीका उच्च तहका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
साभारः अनलाइन खबरबाट
Comments
Post a Comment