प्रहरी झुक्याउन गाँजा कारोबारी महिलाको अचम्मको नाटक
६ फागुन, वीरगञ्ज । प्रहरीले वीरगंज महानगरपालिका २८ बाट २८ किलो गाँजासहित ४० वर्षीया सावित्रीदेवी सहनीलाई पक्राउ गरेको छ । उनले प्रहरीलाई झुक्याउन नाटकीय ढंगले प्रस्तुत भएको प्रहरी बताउँछ । घटना विवरण अनुसार महिलाले घरमा गाँजा राखेको जानकारी पाएपछि प्रहरी टोली खानतलासीका लागि पुगेको थियो । तर महिलाले शुरुमा आफ्नो घरमा गाँजा नभएको भन्दै प्रहरीलाई घरमा पस्न नै दिइनन् । प्रहरी टोली हैरान भएपछि स्थानीय जनप्रतिनिधिको रोहबरमा घरमा पसेको थियो । घरभित्र पसेर सर्च गर्दा गाजा भेटिएन । अन्तमा प्रहरी सुत्केरी महिला राखिएको भनिएको ठाउँमा पुग्यो । तर त्यहाँ सुत्केरी महिला नभएर अर्कै महिला सुत्केरी जस्तै बनेर बसेको रहस्य खुल्यो । त्यतिबेलासम्म प्रहरीले गाँजा फेला पार्न सकेको छैन । नक्कली सुत्केरी महिला बसेको ठाउँमा भर्खरै माटोले लिपेको जस्तो देखियो ।
प्रहरीले सोही ठाउँमा खन्दा निलो रंगको प्लाष्टिकको ड्रममा १८ किलो र प्यासेजको खाल्डोमा लुकाएर राखेको १० किलो गाजा बरामद गरेको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी दिए । ‘महिलाको संलग्नतामा गाँजाको कारोबार हुँदै गरेको यो पहिलो घटना हो । महिलाले मंगोलियन वर्णको मानिससँग किनेको र राति बाँसघारीमा लुकाएर घर ल्याएको रहस्य खुलेको छ’ प्रहरी उपरीक्षक रेग्मीले भने ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’ प्रहरीले सावित्रिदेविको कोठाबाट गाजा तौल गर्ने तराजुसहित अन्य समान समेत बरामद गरेको छ । उनलाई लागू औषध ओसारपसार मुद्धामा अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा राखेको छ ।
स्वचालित पेस्तोलसहित युवक पक्राउ
साभारः अनलाइन खबरबाट
Comments
Post a Comment