सलमानसँग १ सय १० जना नेपाल आउने, ५ करोड लैजाने
भारतीय अभिनेता सलमान खान १ सय १० जनाको जम्बो टोलीसहित स्टेज कार्यक्रमका लागि यसै महिना नेपाल आउँदैछन् । आयोजकका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । सलमानको ‘द दबंग टुर नेपाल’ अन्तरगत काठमाडौंको टुँडिखेलमा आउँदो २६ फागुनमा कार्यक्रम आयोजना हुन लागेको हो । उक्त कार्यक्रममा सलमान करिब एक घन्टा स्टेजमा छाउने छन् । सलमानको टिममा सोनाक्षी सिन्हा, कृति सेनन, डेजी शाह, प्रभु देवा, मनिष पलसहितका कलाकारहरु रहनेछन् । सलमानले आफ्ना फिल्मका चर्चित गीतहरुमा प्रस्तुति दिनेछन् ।
यी नेपाली कलाकारको साथ
कार्यक्रममा करिब ३० हजार दर्शक उपस्थित हुने अपेक्षा गरिएको गुरुङले बताए । टिकटको मूल्य ३ हजारदेखि २० हजारसम्म तोकिएको छ । कार्यक्रममा नेपाली कलाकारको प्रस्तुतिमा दिनेश डिसीले उद्घोषण गर्नेछन् भारतीय कलाकारको प्रस्तुतिमा मनिष पलले उद्घोष गर्नेछन् । कार्यक्रमका लागि दिउसो १२ बजेबाटै टुँडिखेलको गेट खुला हुने छ । सलमान भने साँझ ६ बजेपछि मात्रै झुल्किनेछन् । यसअघि सलमानको शोमा नेपाली मुलधारका नायिकाहरुलाई कोरस नाच्नका लागि प्रस्ताव गरिएको थियो । तर स्वस्तिमा खड्का, पि्रयंका कार्कीलगायतका नायिकाहरुले उक्त प्रस्तावलाई अपमानजनक भनेर खारेज गरिदिएका थिए । सलमान खान २५ फागुनमा नेपाल आउने कार्यक्रम छ । उनी २७ फागुनमा भारत फर्किनेछन् । उनलाई चन्द्रागिरी पुर्याउने र हेलिकोप्टर चार्टर्ड गरेर सगरमाथा देखाउने कार्यक्रम रहेको गुरुङले बताए । सलमान. २४ वर्षपछि नेपालको यात्रामा आउन लागेका हुन् । यसअघि उनी सन् १९९४ मा नेपाल आएका थिए, जतिबेला उनको बलिउड करिअर भर्खरै सुरु भएको थियो|
साभारः अनलाइन खबरबाट
Comments
Post a Comment