यूएर्इमा नेपालीहरूले मनाए लोसार

यूएर्इ । रोजगारीका लागि यूएई पुगेका नेपालीहरुले लोसार पर्व भब्यतापूर्बक मनाएका छन् । जातीय पर्व भए पनि यूएईको क्रियाशील जिल्लास्तरिय सामाजिक संस्था सिन्धुपाल्चोक सेवा समाज यूएईले २५५४ खि ल्हो लोसार कार्यक्रमको आयोजना गरेको हो । देरा दुबईको काल्टन टावर होटेलमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक राजदुत सागरप्रसाद फुयाल रहेका थिए । सिन्धुपाल्चोक सेवा समाज नेपालका केन्द्रीय अध्यक्ष यबेन्द्रकुमार श्रेष्ठ, एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठ, नेपाली समाज यूएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, सोसियल क्लब युएईका अध्यक्ष सालिक सुबेदी, काभ्रे सेवा समाज यूएईका अध्यक्ष दिल लामा, एनआरएन आइसीसी सदस्य ठाकुर ढुंगाना, मनोज गोर्खाली, बिश्व सहयोग संघ युएईका अध्यक्ष गोबिन्द ढकाल, पत्रकार महासंघ यूएईका उपाध्यक्ष लक्ष्मण खनाल, नेपाली आदिवासी जनजाति महासंघ युएईका उपाध्यक्ष सुरेन्द्र तामाङ, तीन न प्रदेश एकता समाजका अध्यक्ष भिम अधिकारी लगायत विभिन्न सामाजिक सस्था, पत्रकार, लगायत सस्थाका ब्यक्तित्वहरु अतिथि रहेका थिए भने सस्थाको अध्यक्ष मनोज नेपालको सभापतित्वमा उक्त लोसार कार्यक्रम बिबिध कार्यक्रम गरि मनाइएको थियो।

कार्यक्रममा आफ्नो मौलिकता र सस्कृतिको जगेर्ना गर्ने मुख्य अभिप्राय रहेको २५५४ खि ल्हो सोनाम ल्होसारको लामा विधि अनुसार परम्परागत पूजा गर्दै पानसमा दियो बालेर औपचारिक कार्यक्रम सुरु गरिएको थियो। औपचारिक र सांस्कृतिक गरेर दुई चरणमा गरिएको कार्यक्रमको पहिलो चरणको कार्यक्रम हरि दुलालले सन्चालन गरेका थिए भने दोस्रो चरणको कार्यक्रम जे सागर र सन्ध्या सुस्केराले सन्चालन गरेका थिए । तामाङ सेलोका किङ भनेर चिनिने प्रेम लोप्चन र शसिकला मोक्तानले दर्जनौं गीत प्रस्तुत गरेर हलमा खचाखच भरिएको दर्शकलाई नचाएका थिए । सोनाम ल्होसार कार्यक्रमका संयोजक सम्शेर योन्जनले यूएईमा रहेका संघ-सस्थाहरु, पत्रकारहरु, व्यवसायिहरु लगायत नेपाली दाजुदाजुभाइ दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थिति भएर कार्यक्रम भब्य र सब्य रूपमा सम्पन्न गर्न सहयोग पु¥याएकोमा हार्दिक धन्यवाद दिएका छन् ।

साभारः अनलाइन खबरबाट

Comments