उमेर अनुसार कुन बेला के स्वास्थ्य परीक्षण गराउने ?
जब हामी जन्मन्छौं, सग्लो हुन्छौं । स्वस्थ्य हुन्छौं । हाम्रा अंग-प्रत्यांगले सही ढंगले कार्य-संचालन गरिरहेका हुन्छ । न मानसिक तनाव हुन्छ, न शारीरिक समस्या । अपवाद बाहेकको अवस्थामा हामी स्वस्थ्य र तन्दुरुस्त हुन्छौं । तर, जति जति उमेर बढ्दै जान्छा, हाम्रो शरीरमा समस्याहरु देखापर्दै जान्छ । एक पछि अर्को रोगले च्याप्छ । एकपछि अर्को समस्या थपिदै जान्छ । हाम्रो खानपान, जीउने शैली, वातावरण सबै कुराले हाम्रो सग्लो शरीरलाई कमजोर र जिर्ण बनाउँदै लान्छ । उमेरसँगै रोग देखापर्छ । हुन त एउटा निश्चित उमेरसम्म हामी बाँच्ने हो । जतिसुकै गरेपनि हामी मृत्युलाई जित्न सक्दैनौं । तर, जति समय बाँच्छौं त्यसबेलासम्म निरोगी र स्वस्थ्य भने हुन सकिन्छ । यसका लागि शरीरलाई रोग प्रतिरोधी बनाउनु पर्छ ।
शरीरलाई कसरी रोग प्रतिरोधी बनाउने त ? यसका लागि हाम्रो दिनचर्या अनुशासित हुनुपर्छ । खानपान, जीवनशैली सबै कुरा सन्तुलित र स्वस्थ्यकर हुनुपर्छ । सन्तुलित, सुपाच्य खानेकुरा सेवन गर्ने । व्यायाम गर्ने । सकारात्मक सोंच राख्ने । सधै खुसी रहने हो भने, आफ्नो उमेरभर स्वस्थ्य र तन्दुरुस्त भइन्छ । यसका साथै संभावित रोगप्रति सधै सचेत र सर्तक हुनुपर्छ । अक्सर विभिन्न उमेर चरणमा हामीलाई भिन्न भिन्नै किसिमको सामस्याले सताउन सक्छ । त्यसैले यस्ता संभावित समस्याका बारेमा सचेत हुन जरुरी छ ।
जन्मदेखि १ बर्षको उमेरसम्म
यदि भर्खरै जन्मिएको बच्चाको शारीरिक तथा मानसिक स्तर सही छ /छैन भन्ने कुरा जान्नका लागि थाइराइड टेस्ट गर्नुपर्छ । यदि बच्चा पूर्ण रुपले स्वस्थ्य छ भने, उसको कुनै मेडिकल टेस्ट गर्नु आवश्यक छैन ।
२ देखि ३ उमेरको बीचमा
४ देखि ५ बर्षको उमेरमा
१० देखि १४ बर्षको उमेरमा
१५ देखि १९ बर्षको उमेरमा
किशोरवयमा प्रवेश गरिसकेपछि उनीहरुमा शारीरिक तथा मानसिक परिवर्तन देखिन्छ । शरीरका अंगहरु थप विकासित र बृद्धि हुने अवस्था पनि यहिबेला हो । यो उमेरमा उनीहरुलाई मानसिक रुपले पनि सही राख्नुपर्ने हुन्छ । साथै एक्स रे, लिपिड प्रोफाइल टेस्ट, ब्लड शुगर वा थाइराइड टेस्ट गर्नुपर्छ । किशोरीहरुको मासिक श्राव यहिबेला सुरु हुने भएकाले उनीहरुलाई यौन स्वास्थ्यबारे जानकारी दिलाउनुपर्छ ।
२० देखि ३९ को उमेरमा
४० देखि ५० बर्ष उमेरमा
५० बर्षभन्दा बढी उमेरमा
५० बर्ष पार गरेपछि केहि दीर्घ रोगले सताउन सक्छ । मधुमेह, उच्च रक्तचाप, कोलोस्टोर, दम जस्ता समस्याहरु देखापर्न सक्छ । त्यसैले नियमित रुपमा यस्ता रोगहरुको परीक्षण गराउनुपर्छ । ५० बर्षपछि शारीरिक शिथिलता पनि बढ्ने भएकाले प्राणायाम, योगलाई बढी महत्व दिनुपर्छ ।
साभारः अनलाइन खबरबाट
Comments
Post a Comment