विद्यार्थीले गरे आत्महत्या, कलेजले यातना दिएको भन्दै आन्दोलन
१३ फागुन, बुटवल । रुपन्देहीको सालझण्डीका एक विद्यार्थीले आत्महत्या गरेका छन् । अक्सर्फोड कलेजको ब्यवस्थापन संकाय कक्षा १२ मा अध्ययनरत बिक्रम सापकोटा शुक्रबार दिउँसो आफ्नै घरमा आत्महत्या गरेका हुन् । तर, शिक्षकले अनावश्यक लान्छना लगाउँदा विक्रमले आत्महत्या गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । विद्यालय प्रशासनका अनुसार विहानी फिफ्टमा अध्ययनरत विक्रम शुक्रबार कलेजमा ढिलो आएका थिए । उनी र अर्का एक विद्यार्थी झण्डै ४० मिनेट ढिलो आएका हुन् । विद्यालय प्रशासनले सोधपुछ गरी अभिभावकको जिम्मा लगाएको र विक्रम विहान ११ः४५ बजे स्कुल बसमै घर फर्किएका थिए । तर, दिउँसो घरमै आत्महत्या गरे । परिवारले प्रहरीको रोहवरमा प्रक्रिया पुरा गरी अन्तिम संस्कारसमेत गरेका छन् ।
विद्यार्थी भन्छन्- कलेजले यातना दियो
विद्यार्थीहरुले स्थानीय प्रशासनले घटनाको छानबिन गर्न माग गर्दै बुटवल बजारमा प्रर्दशन गरेका छन् भने अक्सफोर्ड कलेजमा प्रहरीले सुरक्षा दिएको छ । कलेज प्रशासनले भने विद्यार्थीहरुको आरोप अस्वीकार गरेको छ । प्राचार्य दिनेश भुसालले मादक सेवन गरेका विद्यार्थीका अभिभावकलाई बोलाएर अभिभावकको जिम्मा लगाएको र विक्रमको परिवारलाई पनि फोनबाट छोरा गलत संगतमा लागेको जानकारी मात्र गराएको बताए । मानसिक तनाव नदिइएको भुसालको दाबी छ ।
साभारः अनलाइन खबरबाट
Comments
Post a Comment