गिनिज बुकमा नाम लेखाएको अनौठो बल्ब, जो ११७ वर्षदेखि निरन्तर बलिरहेछ
विजुलीको बल्ब आविष्कार भएयता यसमा विभिन्न खाले बदलाव आइसकेका छन् र विभिन्न खाले बल्बका प्रकारहरु प्रयोगमा छन् । बिजुलीका बल्बहरु प्रयोग गरेको छोटो समयमै फ्युज गएर हैरान भइन्छ । तर यो दुनियामा एउटा यस्तो बल्ब पनि छ जो १ सय १७ वर्षदेखि निरन्तर बलिरहेको छ । बेसिक बल्बहरु छिटै फ्युज हुने गरेकोमा यो बल्ब एक शताब्दीभन्दा लामो समयसम्म् पनि फ्युज भएको छैन ।
सन् १९०१ मा यो बल्बलाई पहिलोपटक बालिएको थियो । अमेरिकाको क्यालिफोर्नियामा रहेको लिभरमोर सहरस्थित एक दमकल केन्द्रको भवनमा यो बल्ब बलिरेको छ । ४ वाटको यो बल्ब २४ सै घण्टा बलिरहन्छ । पछिल्लोपटक सन् १९३७ मा यो बल्ब निभेको थियो । बल्ब निभ्नुको कारण यो बिगि्रएर होइन की बिजुलीकै लाइनमा भएको गडबडीले थियो । तार बदलिसकेपछि बल्ब पुनः बालियो । सन् २००१ मा यो बल्बको १ सयौँ जन्मदिन मनाइयो । बल्बको जन्मदिनको पार्टी भव्य रुपमा गरिएको थियो ।>यो बल्ब अहिले आकर्षणकेा केन्द्र बनेको छ । मानिसहरु यसलाई हेर्नका लागि टाढाटाढाबाट समेत आउने गरेका छन् ।यो बल्बले गिनिज बुकमा समेत नाम लेखाइसकेको छ । एजेन्सी
साभारः अनलाइन खबरबाट
Comments
Post a Comment