टेलिकमको नयाँ अफर : २५ रुपैयाँ रिचार्ज गरेर एक घण्टा कुरा गर्नुहोस्

काठमाडौं : नेपाल टेलिकमले सोमबार प्रजातन्त्र दिवसको अवसरमा ग्राहकका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ। कम्पनीका जीएसएम र सीडीएमए मोबाइलका ग्राहकले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेड रुपमा उपयोग गर्न सक्ने छन्। जीएसएम तथा सीडीएमएका ग्राहकले सो प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्ने छन्।

सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ। उक्त प्याक आइतबारदेखि मंगलबारसम्म खरिद गर्न सकिने छ। एक पटक खरिद गरेको प्याक चलाउने अवधि सकिएपछि अर्को पटक फेरि प्याक खरिद गर्न सकिने छ। तर, एक पटकमा एउटा प्याक मात्र खरिद गर्न सकिने कम्पनीले जनाएको छ। फ्रिडम प्याक खरिद गर्नका लागि जीएसएम मोबाइलबाट *1415*8# डायल गर्न वा ‘एफडीप्याक’ लेखी १४१५ मा एसएमएस गर्न सकिने छ।

साभारः अन्नपूर्ण पोष्टबाट

Comments