काभ्रेका शर्मिला स्याङतान तामाङ सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अन्तिम तयारीमा,सहयोगको लागि अपिल
याम्बु । काभ्रे जिल्ला रोसी गाउँपालिका–११ की २७ वर्षीया शर्मिला स्याङतान तामाङ गौतमबुद्धको जन्मस्थलबारे फैलिएको भ्रम चिर्ने उद्देश्यले आगामी चैत २५ गतेबाट सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । पाएनियर एड्भेन्चर प्रालि कम्पनीको प्रायोजनमा ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखिएको झण्डासँगै नेपालको झण्डा र धीरज राईले गाएको ‘बुद्ध वाज बर्न इन नेपाल’ बोलको गीत एक मिनेट सर्वोच्च शिखरबाटै बजाएर विश्वलाई सुनाउने योजनासमेत रहेको बताएको छ।
शर्मिला स्याङतान तामाङ संगै दोलखा गौरीशंकर गाउँपालिका–९ सिमिगाउँकी २७ वर्षीया छोकी शेर्पा पनि आरोहणमा जाने भएकी छिन् । उनीले केही देशमा अहिले पनि गौतमबुद्ध भारत जन्मिएको भन्ने भ्रम रहेकाले उनी नेपालमै जन्मिएका हुन् भने सन्देश प्रबाह गर्न सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्न लागेको बताइन् । उनीहरूलाई भ्रमणका लागि केही सामग्री खरिद गर्न केही संस्थाले सहयोग गरेपनि आर्थिक अभाब भएकाले थप सहयोगका लागि विभिन्न संघ संस्थाका साथै स्वदेश तथा विदेशमा रहेका नेपालीलाई अपीलसमेत गरेका छन् ।
साभारः तामाङ अनलाइनबाट
Comments
Post a Comment