सर्बस्वसहित जन्मकैद सुनाइएका तामाङ २४ वर्षपछि पक्राउ
१८ माघ, काठमाडाैं । सर्वस्वसहित जन्मकैद सजाय सुनाइएका एक जना अभियुक्तलाई प्रहरीले २४ वर्षपछि पक्राउ गरेको छ । हानगरीय प्रहरी बृत्त थानकोटले सिन्धुपाल्चोक तारामाराङ-२ का ४५ वर्षे उरसिंह भन्ने भिमबहादुर तामाङलाई २४ वर्षपछि पक्राउ गरेको हो । तामाङ काठमाडौंको चन्द्रागिरी नगरपालिका-१ दहचोकमै लुकिछिपी बसिरहेको भन्ने सूचनाको आधारमा सोही ठाउँबाट पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त थानकोनका प्रहरी नायव उपरीक्षक (डीएसपी) महेन्द्र नेपालले जानकारी दिए ।
२०५० चैत्र ३ गते बेलुका सिन्धुपाल्चोकको साबिकको तारामाराङ गाविस-२ का सानुकान्छा तामाङलाई हत्या गरेको अभियोगमा जिल्ला अदालत सिन्धुपाल्चोकले २०५१ सालमा भिमबहादुरसहित ६ जनालाई सजाय सुनाएको थियो । भिमबहादुर बाहेक अन्य ५ जनाले सजाय भुक्तान गरिसकेका छन् । भिमबहादुर भने घटना भएदेखि नै फरार रहेका थिए ।
साभारः अनलाइन खबरबाट
Comments
Post a Comment