फरार अभियुक्त पक्राउ

२४ पुस, राजविराज । लागुऔषध ओसारपोसार अभियोगमा फराह रहेका एक व्यक्तिलाई प्रहरीले सोमबार पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–४ बस्ने २३ वर्षीय सुदीपकुमार चौधरी रहेको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए ।

एक वर्षअगाडि जिल्ला अदालत राजविराजबाट चौधरीलाई लागुऔषध ओसारपसार गरेको आरोपमा एक वर्ष १० महिना कैद र  एक लाख जरिवाना तोकेको थियो । २०७४ पुष २४ गते  प्रकाशित

साभारः अनलाइन खबरबाट

Comments