लोक तथा दोहोरी गीत प्रतिष्ठान जापानको अधिवेशनमा रमेश बिजी अाउने

२२ जनवरी, टोकियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष रमेश बिजी यो साता जापान आउने भएका छन् । प्रतिष्ठानको बिदेश विभाग प्रमुख समेत रहेका बिजी प्रतिष्ठानको जापान शाखाको यो साता हुने पहिलो अधिवेशनमा केन्द्रीय प्रतिनिधिको रुपमा जापान आउन लागेका हुन् ।

गत सेप्टेम्बरमा गठन भएको प्रतिष्ठानको जापान शाखाको यही जनवरी २८ तारिख आइतबार टोकियोमा पहिलो अधिवेशन हुँदैछ । त्यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखाले जापान रहेर लोक गीतसंगीतमा सक्रिय कलाकर्मी, संगीतप्रेमीहरुलाई संस्थाको सदस्यता लिन आव्हन गरेको छ । प्रतिष्ठानले जनवरी २५ तारिख बिहिवारसम्म सदस्यता वितरण गर्ने संयोजक युवराज आचार्यले बताए ।

साभारः अनलाइन खबरबाट

Comments