प्रचण्ड र ओलीबीच अझै विश्वासको संकट छः देवेन्द्र पौडेल

५ माघ, काठमाडौं । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच अझै विश्वासको संकट देखिएको एक नेताले बताएका छन् । माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पार्टी एकता ओली र प्रचण्डमा अडि्कएको बताएका हुन् । शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी नेता पौडेलले भने, ‘उहाँहरुले एकअर्काप्रति विश्वास खोजेका छन् ।

दुई नेताको व्यवस्थापनबारे ठोस सहमति नभएसम्म पार्टी एकता अघि बढ्न नसक्ने उनले बताए । उनले भने, ‘उहाँहरुबीच कसले कसलाई नेतृत्व गर्ने भन्ने प्रश्न छ ।’ प्रचण्डलाई पार्टीको नेतृत्व दिँदा शक्ति सन्तुलन विग्रने र सरकार नै अप्ठ्यारोमा पर्ने सम्भावना देखेर सरकार र पार्टी दुबैको नेतृत्व दिने बहस चलेको हुन सक्ने उनले बताए ।

साभारः अनलाइन खबरबाट

Comments