अब वैदेशिक र आन्तरिक लगानीलाई समान अवसरः प्रचण्ड
२४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब बन्ने सरकारले वैदेशिक र आन्तरिक दुबै लगानीलाई समान अवसर र वातावरणको सुनिश्चितता गर्ने बताएका छन् । कोटेश्वर स्थित पार्टी कार्यालयमा अध्यक्ष प्रचण्डलाई बधाई दिन गएको नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँगको भेतटवार्ताका अवसरमा उनले स्थायित्व र लगानी वृद्धिबाट नै मुलुकमा आर्थिक एवं व्यवसायिक विकास सम्भव हुने बताए । अध्यक्ष प्रचण्डले बलियो र स्थायी सरकारको लागि जनताले बाम गठबन्धनलाई मत दिएकोले मुलुकको समृद्धिको लागि आगामी सरकारले निजी क्षेत्रसँग नजिकको सम्बन्ध स्थापना गरी व्यवसाय प्रवर्द्धन, स्वदेशमै रोजगारी वृद्धिका ठोस कार्यक्रम र नीति सहित अघि बढ्ने विचार व्यक्त गरे ।
‘अब पूरानो अवधारणाबाट मुलुक चल्दैन । अबआधुनिक र समय सापेक्ष प्रविधि विकासको विकल्प नभएको वस्तुस्थितिमा निजी क्षेत्रले यसमा के गर्नु पर्छ र सरकारले कस्तो वातावरण र सुविधा दिन आवश्यक हुन्छ यसमा कस्तो नीतिगत व्यवस्था हुनु पर्दछ निजी क्षेत्रले स्पष्ट धारणा ल्याउनु पर्दछ,’ उनले भने । प्रचण्डले थपे,’मुलुकलाई सम्पन्न बनाउन पूँजी महत्वपूर्ण भएको यथार्थतामा यसको श्रृजना र भएको पूँजी लगानीको सुनिश्चितताको लागि वर्तमान नीतिहरुमा आमूल परिवर्तन आवश्यक छ । विकास गर्ने ठोस ढाँचा र योजनासँगै हामी आएका छौँ । आगामी सरकार निजी क्षेत्रमैत्री हुन्छ । हामीलाई अहिले ठूलो अवसर छ, यसमाहामी प्रतिवद्ध छौं ।’ परिसंघका अध्यक्ष हरिभक्त शर्माले केन्द्र्र, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकको संक्रमणकाल समाप्त भएको यथार्थतामा समृद्धिको मार्ग चित्रसार्थक रुपमा अघि पर्ने भन्दै बाम गठबन्धनको सरकारलाई विकास गर्ने अवसर र जिम्मेवारी प्राप्त भएको उल्लेख गरे ।
साभारः अनलाइन खबरबाट
Comments
Post a Comment