किशोरीको अनौठो शौख, ३ वर्षदेखि नङ काटिनन्
नङ पाल्ने शोख कतिपयमा हुन्छ । तर एक दुई औँलाका नङमात्रै चिटिक्क पारेर पाल्ने गर्दछन् धेरैले । एक किशोरीले चाहीँ पछिल्लो ३ वर्षदेखि आफ्ना कुनैपनि नङ काटेकी छैनिन् । लेखपढ देखि खानपिन सबै काम उनी आफ्ना तिनै बढेका नङको सहायताले नै गर्दछिन् । जर्मनीकी १६ वर्षीया सिमोन टेलर नामकी किशोरी साँच्चीकै नङकी पारखी हुन् । उनको इच्छा नै नङ पाल्ने हो । ३ वर्षसम्म नङ नकाट्दा उनका हातका नङ ६ इन्च लामा बनेका छन् । दिनहुँ घण्टौँसम्म उनी आफ्नो नङको स्याहार सुसारमा लाग्छिन् ।
लामा नङका कारण सिमोनलाई धेरै दुख भएको छ । लेख्ने क्रममा हात निकै दुख्दछ । तरपनि उनलाई दुखाई मञ्जुर छ, नङ काट्ने कुरा सोँच्न सम्म सक्दिनन् । नङका विभिन्न कला बनाएर उनले त्यसका तस्वीर इन्स्टाग्राममा हाल्दछिन् । लाखौँले उनलाई फलो गर्दछन् । उनले लामो नङ प्रदर्शनका विभिन्न प्रतियोगिता पनि जितेकी छिन् । एजेन्सी
साभारः अनलाइन खबरबाट
Comments
Post a Comment