आइफोनको ब्याट्री साट्ने योजनाबाट एप्पललाई १० अर्ब डलर नोक्सान
वित्तीय सेवा कम्पनी बारक्लेजको रिपोर्ट अनुसार आइफोनको ब्याट्री रिप्लेसमेन्ट प्रोग्राम अर्थात् ब्याट्री सट्टापट्टा कार्यक्रमबाट एप्पललाई १० अर्ब डलर सम्मको नोक्सान हुनसक्ने जनाएको छ । पुराना आइफोनका ब्याट्रीलाई सस्तो मूल्यमा साटेर नयाँ ब्याट्री दिने आइफोनको यस कार्यक्रमका कारण यस वर्ष आइफोनको बिक्रीदर घट्ने र नयाँ आइफोन किन्ने धेरै मानिसले आफ्नो पूरानो आइफोनको ब्याट्री फेरेर काम चलाउने देखिएको विश्लेषकले जनाएका छन् । यसले आइफोनको बिक्रिमा उल्लेखनीय असर पूराउने बताइएको छ । पूराना मोडेलका आइफोन स्लो गराएको आरोपमा हालै माफी समेत मागेको एप्पलले हालै नयाँ ब्याट्री सस्तो मूल्यमा फेरिदिने कार्यक्रम अघि सारेको छ । जस अनुसार वारेन्टी सकिएका आइफोन सिक्स वा त्यसभन्दा पछाडिका आइफोनका मोडेलका ब्याट्रीहरु २९ देखि ७९ डलर सम्ममा साटिदिने कार्यक्रम एप्पलको छ ।
एप्पलको यस ब्याट्री साटिदिने कार्यक्रमबाट उसका १ करोड ६० लाख नयाँ आइफोनको बिक्रि घट्ने बार्कलेसको छ । जुन भनेको उसको कूल राजश्व आम्दानीको ४ प्रतिशत हो । यस कार्यक्रम अन्तर्गत झण्डै ५१ लाख पूराना आइफोनका ब्याट्री साटिन सक्ने अनुमान गरिएको छ । यसरी ब्याट्री सट्टापट्टाबाट एप्पलले १ अर्ब ५६ करोड आम्दानी गर्नेछ । तर यसका कारण नयाँ आइफोनको बिक्रिमा हुने गिरावटबाट उनले १० अर्ब डलर गुमाउनेछ ।स्मरण रहोस् आइफोन सिक्स, सिक्स प्लस, सिक्स एस, सिक्स एस प्ल्स, आइफोन एसइ, तथा आइफोन सेभेन र सेभेन प्लसका ब्याट्री प्रयोगकर्ताले साटेर सस्तो मूल्यमा नयाँ फेर्न पाउनेछन् । नयाँ ब्याट्रीका लागि सफ्टवेयर अपडेट पनि जारी गरिने एप्पलले जनाएको छ । यसबाट प्रयोगकर्तालाई आइफोनको ब्याट्रीको हेल्थ थाहा पाउन सजिलो हुनेछ । साथै ब्याट्रीका कारण फोनको पर्फमेन्समा असर परे नपरेको पनि प्रयोगकर्ताले थाहा पाउन सक्नेछन् । – एजेन्सीको सहयोगमा
साभारः अनलाइन खबरबाट
Comments
Post a Comment