४ अर्ब खर्च गरेर बिल गेट्सले बनाउँदैछन् सुपर गाई

माइक्रोसफ्टका संस्थापक तथा अमेरिकी उद्योगपति बिल गेट्सले जैविक अनुसन्धानको माध्यमबाट सुपर गाईको उत्पादन गर्ने एक महत्वाकांक्षी परियोजना सुरु गर्दैछन् । एडिनबर्गस्थित लिवस्टक भेटेरिनरी मेडिसिन रिसर्चमा यसका लागि ४ करोड डलरको मोटो रकम उनले लगानी गरेका छन् । एडिनबर्ग विश्वविद्यालयको भ्रमणका क्रममा उनले यस कोषको घोषणा गरेका हुन् । रिपोर्ट अनुसार यस्तो सुपर गाईले युरोपेली गाईले भन्दा धेरै दुध देओस् भन्ने बिल गेट्स चाहन्छन् । साथै यसमा अफ्रिकी गाईमा जस्तै अत्यधिक गर्मी सहन गर्ने क्षमता तथा उच्च तापक्रम सहन गर्नसक्ने क्षमता हुनेछ ।

साथै यो कोषको प्रयोग मजबूत फसल विकसित गर्ने तथा विभिन्न रोगव्याधीको रोकथाम सम्बन्धी अनुसन्धानमा पनि हुनेछ । जुन अफ्रिकी किसानको आर्थिक नोकसानको कारण बन्ने गरेको छ । यद्यपि, सुपर गाई कसरी बनाउने भन्ने अहिलेसम्म स्पष्ट भैसकेको छैन । बिजनेस इनसाइडरको रिपोर्टमा चाहीँ कृत्रिम गर्भाधानबाट यो सम्भव हुने बताइएको छ । कतिपय वैज्ञानिकहरुले चाहीँ यस्तो खाले सुपरगाई वातावरणका लागि हानिकारक हुनसक्ने चेतावनी दिएका छन् । किनकी यसबाट उच्च मात्रामा मिथेन ग्यास उत्पादन हुन्छ । तर बिल गेट्सले चाहीँ यो गाईले विश्वको गरिबी तथा भोकमरीसँग लड्न मद्दत गर्ने दाबी गरेका छन् । एजेन्सी

साभारः अनलाइन खबरबाट

Comments