सामसुङले बनाउँदैछ बीचबाटै पट्याउन सकिने ग्यालेक्सी एक्स स्मार्टफोन
ग्यालेक्सी स्मार्टफोन निर्माता सामसुङले ‘ग्यालेक्सी एक्स’ नामक नयाँ संस्करणको स्मार्टफोन उत्पादनको तयारी गरिरहेको छ । ग्यालेक्सी एक्स सामसुङको पहिलो फोल्डेबल स्मार्टफोन हुने दाबी पनि गरिएको छ । यस डिभाइसको बारेमा कुनै आधिकारिक घोषणा सामसुङले हालसम्म नगरेता पनि सामसुङको नयाँ प्याटेन्टको विश्लेषण गरी उसले ल्याउने तयारी गरिरहेको स्मार्टफोनमा हुने फिचर्सको अनुमान गरिएको हो । Lets Go Digital Website का अनुसार सामसुङको आसन्न स्मार्टफोनको प्याटेन्टहरु विस्तृत रुपमा खुलासा भएको छ । यसअघि सार्वजनिक भएको सामसुङले दर्ता गरेको स्मार्टफोन प्याटेन्टमा उक्त डिभाइस एक साइडबाट फोल्ड गर्न मिल्ने र ट्याबलेटलाई स्मार्टफोनमा बदल्न सकिने थियो । तर नयाँ प्याटेन्ट अनुसार चाहिँ यो स्मार्टफोन बीचबाटै फोल्ड गर्न मिल्नेछ । विश्व बौद्धिक सम्पत्ति संगठनमा सामसुङले यस स्मार्टफोनको प्याटेन्ट दर्ता ग्रेको बताइएको छ ।
सामसुङले दर्ता गरेको प्याटेन्ट नमूनाबाट तयार पारिएको स्मार्टफोनको प्रारुप पनि वेबसाइटले सार्वजनिक गरेको छ । जस अनुसार सामसुङले आफ्नो एमोलेड स्क्रिनलाई लचकदार तथा फोल्ड गर्न मिल्ने बनाएको छ । बीचबाट फोल्ड गर्न मिल्ने स्मार्टफोनमा ब्याट्री कता राख्ने ? फ्लेक्सिबल ब्याट्री निर्माण गर्न कठीन हुने भएकाले ब्याट्रीलाई स्मार्टफोनको कुनै एक छेउपट्टि समायोजन गर्नुपर्नेछ । स्मरण रहोस् सामसुङले सन् २०१३ देखि नै लचकदार डिस्प्लेयुक्त स्मार्टफोन बनाउने कार्यमा लागेको थियो । ग्यालेक्सी राउन्डको नाउँमा सन् २०१३ मा सामसुङले घुमाउरो किनाराको स्क्रिन भएको स्मार्टफोन ल्याएको थियो । गत वर्षमात्रै सामसुङले बेजललेस स्क्रिनयुक्त ग्यालेक्सी एस एट बजारमा ल्याएको हो । एजेन्सीको सहयोगमा
साभारः अनलाइन खबरबाट
Comments
Post a Comment