सिमरा गोल्डकप माघ २५ बाट
२२ पुस, सिमरा । सिमरा गोल्डकपको नवौं संस्करण आगामी माघ २५ गतेबाट आयोजना हुने भएको छ । आयोजक नवजनजागृती युवा क्लबले शनिबारमा पत्रकार सम्मेलन गरी फागुन ४ गते सम्म सञ्चालन हुने प्रतियोगितामा साविक विजेता संकटा क्लबसहित १० टिमको सहभागिता रहने जनाएको छ । प्रतियोगितामा संकटासहित थ्रीस्टार, मनाङ मस्र्याङ्गदी, जावलाखेल युथ, नेपाल एपीएफ, त्रिभुवन आर्मी, सहारा क्लब पोखरा, रुपन्देही ११, झापा ११, हेटौंडा ११, वीरगञ्ज युनाईटेड क्लब वीरगञ्ज र आयोजक नवजनजागृती यूवा क्लब सिमराको सहभागिता रहनेछ ।
विजेताले पाँच लाख ५१ हजार र उपविजेताले दुईलाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने आयोजक क्लबका महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिए ।प्रतियोगिताको लागत करिब ७६ लाख अनुमान गरिएको छ । खेल मैदान सिमरा रङ्गशालामा ५ हजार दर्शकले प्याराफिटमा बसेर खेल हेर्न सक्ने व्यवस्था मिलाइएको छ ।
साभारः अनलाइन खबरबाट
Comments
Post a Comment