ननिताको पोल्टामा रजत

नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी ननिता महर्जनले इतिहास रचेकी छन् । मंगोलियाको उलनबटरमा जारी विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा महर्जनले रजत जितेकी रचेकी हुन् । नेपाली शारीरिक सुगठनको इतिहासमा कुनै पनि महिला खेलाडीले जितेको यो पहिलो पदक हो । उनले महिला १६० सेन्टिमिटर उचाइमा उक्त पदक जितेकी हुन् । फाइनलमा नेपालकी ननितासहित मंगोलिया, इटाली र भियतनामका गरी चार खेलाडी प्रतिस्पर्धामा थिए । आठौं विश्व शारीरिक सुगठन प्रतियोगिताबाटै उनले खेलमा डेब्यू गरेकी थिइन् ।

ननिताको पोल्टामा रजत
साभारः अन्नपूर्ण पोष्टबाट

Comments