कैलाली बस दुर्घटना, तीन जनाको मृत्यु, ३६ घाइते (नामसहित)

धनगढी : धनगढी-डडेल्धुरा भीमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको चुरे गाउँपालिका-३ धपेनी भन्ने स्थानमा आइतबार बिहान बस दुर्घटनामा हुँदा तीन महिलाको मृत्यु भएको छ। मृतकमा बैतडीका शिवनाथ गाउँपालिका वडा नम्बर ६ की ६४ वर्षीया भुन्टी देवी चन्द, बैतडीकै पञ्चेश्वर गाउँपालिका ४ कि २४ वर्षीया कविता तिवारी र बैतडीकै पाटन नगरपालीका ५ कि १८ वर्षीया रेवती भाट रहेको इलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

कैलाली बस दुर्घटना, तीन जनाको मृत्यु, ३६ घाइते (नामसहित)
घाइते

१) बैतडीको विशालपुर ९ का २१ वर्षीय सुरेश ओझा २) बैतडी ४ आमचौरका १३ वर्षीय सुरज सिंह हलदाल ३) बैतडी १ मेलौलिका २२ वर्षीया विना खजी, ४) बैतडी १ मेलौलीकै ४५ वर्षीय प्रताप भट्ट ५) प्रतापका छोरा १८ वर्षीय गणेश भट्ट ६) बैतडी ५ शिवनाथका ५१ वर्षीय मधु धनाडी ७) सोही ठाउँका ५७ वर्षीय शिव सिंह धनाडी ८) २१ वर्षीय भीम धनाडी ९) १४ वर्षीय सुरज धनाडी १०) बैतडी ७ मेलौली का २२ वर्षीय भोजराज भट्ट ११) सोही ठाउँका १८ वर्षीय दिपक भट्ट १२) कञ्चनपुरको बनखेतकी २२ वर्षीया मनिसा धनाडी १३) कञ्चनपुरकै दोधारा चादनीकी २४ वर्षीया सुनिता ओड १४) सोही ठाउँका २० वर्षीय सुरेश पहरी १५) ५ वर्षीय अमित पहरी १६) ७ वर्षीया अञ्जली पहरी १७) बैतडी ४ पञ्चेश्वरका २१ वर्षीय महादेव तिवारी १८) बैतडीको मेलौली ६ का १८ वर्षीय प्रकाश भट्ट १९) मेलौली ७ का २६ वर्षीय गौरव सिंह भाट २०) उदयदेव ३ का २६ वर्षीय डम्मर सिंह २१) मेलौली ७ का ५२ वर्षीया गनरी पार्की २२) कञ्चनपुरको दोधारा चादनीका २३ वर्षीय किरण धनाडी २३) सोही ठाउँका कविर धनाडी २४) बैतडीको शिवनाथ ५ का ४० वर्षीय अर्जुन साउद २५) मेलौली ७ का ४५ वर्षीय हिक्मत भट्ट २६) दोधारा चादनीका २४ वर्षीय नैनसिंह धनाडी २७) बैतडीका १९ वर्षीय शंकर सिंह २८) पाटन नगरपालीका ५ का ४० वर्षीय गगन सिंह ठगुन्ना २९) कञ्चनपुरको कृष्णपुर २ वाणीका ४७ वर्षीय गणेश दत्त भट्ट ३०) कञ्चनपुरको बनखेतका १४ वर्षीय संतोष दास ३१) सोही ठाउँका ५० वर्षीय राम दास ३२) बैतडीको मेलौली १ का ३० वर्षीय प्रारसिया साउद ३३) शिवनाथका २५ वर्षिय दिपक चन्द ३४) कञ्चनपुरको वनखेतका ४२ वर्षिय मानसिंह धनाडी ३५) मेलौली १ कि सरस्वती साउद ३६) शिवनाथ ५ का ३० वर्षीय रगविर साउद रहेका छन्।

घाइते मध्ये गम्भीर दुई जना कञ्चनपुरको बनखेतका १४ वर्षीय सन्तोष दास र सोही ठाउँका ५० वर्षीय राम दासलाई भारत रेफर गरिएको छ। बैतडीको मेलौलीबाट छुटेको कञ्चनपुरको पवनदूत यातायातको ना ७ ख २७२३ नंम्वरको बस आइतबार बिहान ५ बजेतिर सडकबाट तल खस्दा दुर्घटना भएको हो। घाइते मध्ये ३२ जनाको अत्तरीया स्थित पदमा अस्पतालमा उपचार भइरहेको छ। उपचाररत ३२ जनाको अवस्था खतरामुक्त रहेको पदमा अस्पतालका डाक्टर नरबहादुर मौनीले जानकारी दिए।

साभारः अन्नपूर्ण पोष्टबाट

Comments