सर्च इन्जिन गुगलले ल्याउने एयरफोनले ४० वटा भाषामा उल्था गर्ने क्षमता

सर्च इन्जिन गुगलले ४० वटा भाषामा उल्था गर्ने क्षमता भएको नयाँ एयरफोन बजारमा ल्याउने भएको छ । यसलाई ‘गुगल पिक्सेल बड्स’ नाम दिइएको छ । नोभेम्बरमै बजारमा आइसक्ने बताइएको यो एयरफोनको मूल्य १ सय ५९ डलर छ । गुगल पिक्सेल बड्सलाई एप्पलको एयरपोड हेडफोनसँग तुलना गर्न सकिन्छ । यसमा एयरपोडभन्दा केही फरक विशेषताहरु छन्, जसमध्ये ४० वटा भाषामा अनुवाद गर्न सक्ने क्षमता प्रमुख हो ।

सर्च इन्जिन गुगलले ल्याउने एयरफोनले  ४० वटा भाषामा उल्था गर्ने क्षमता-Updated Samachar Online

उदाहरणका लागि ‘हेल्प मी स्पिक स्पेनीस’ भनेर वा एउटा बटन थिचेर स्पेनिस भाषामा बोल्न सकिन्छ ।हेडफोनहरुलाई गुगल पिक्सेल २ फोनसँग पेयर गरेपछि मात्र यो सुविधा उपलब्ध हुन सक्छ । यसले मोबाइलको क्षेत्रमा गुगलले कसरी एप्पललाई टक्कर दिन खोज्दैछ भन्ने देखाएको छ । यी एयरफोनहरु गुगलको भ्वाइस एक्टिभेटेड एसिस्टेन्टका रुपमा रहेको गुगल एसिस्टेन्टको उपयोग गर्न सक्षम छन् ।लगानीकर्ताहरुलाई गगुलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हामीले आफ्नो अनुवाद क्षमतालाई विगत १० वर्षमा भन्दा पछिल्लो एक वर्षमा बढि सुधार गर्न सफल भयौं ।’

साभारः अनलाइन खबरबाट

Comments