ढुकुरको जत्रो छाती भएका देउवाले देशको नेतृत्व गर्न सक्दैनन् : प्रचण्ड

कुश्मा : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको छाती ढुकुरको जात्रो भएको बताएका छन्। संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति पर्वतले बिहीबार कुश्मा बजारमा गरेको चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन्।उनले आफूले प्रधानमन्त्रीबाट राजीनामा दिँदै शेरबहादुर देउवाका लागि बाटो खोलिदिएको बेला राजनेता भन्ने देउवालाई उक्त भनाइ फिर्ता लिन आग्रह गर्दै यस्तो बताएका हुन्। ‘आफूले राजनेता भनेको व्यक्तिविरुद्ध हलो लिएर उत्रिएका देउवाले उक्त पदवी दिनुको अर्थ छैन’, प्रचण्डले भने, ‘मनैदेखि राजनेता मानेको हो भने मेराविरुद्ध किन उमेदवार खडा गरिया रु ढुकुरको जत्रो सानो छाती भएका देउवाले देशको नेतृत्व गर्न सक्दैनन।’ उनले कम्युनिस्टको एकता मुलुकको आवश्यकता भएकाले त्यसबाट तर्सिएको कांग्रेसलाई लोकतन्त्रवादी शक्तिसँग सहकार्य गर्न आग्रह गरे। ‘कम्युनिस्टलाई विभाजित गरेर शासन गर्ने सपना नदेख्नुहोस्’, उनले भने ‘अब कम्युनिस्टले ५० बर्ष मुलुकमा शासन गर्छन, मुलुकमा आमुल परिर्वतन ल्याउँछन्।’ उनले एकता बहुमतको सरकारलाई मात्रै नभई राजनीतिक स्थिरताका लागि भएको पनि स्पष्ट पारे।
ढुकुरको जत्रो छाती भएका देउवाले देशको नेतृत्व गर्न सक्दैनन् : प्रचण्ड
साभारः अन्नपूर्ण पोष्टबाट

Comments