टर्किस जहाजभित्र बनाइएको संग्राहालय स्कुले विद्यार्थीका लागि नि:शुल्क

काठमाडौं : सिनामंगलमा निर्मित दोस्रो एभिएसन संग्रहालय औपचारिक रुपमा उद्घाटन नगरिएपनि आइतबारबाट विद्यार्थीका लागि खुला हुने भएको छ। वेद उपे्रती ट्रस्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डका क्रममा दुर्घटना भएको टर्किस एयरको वाइडबढी जहाजमा निर्माण भएको संग्रहालय आइतबारबाट खुला गरिने ट्रस्ट प्रमुख वेद उप्रेतीले जानकारी दिए।ट्रष्टले अबको एक दशभित्र विश्वमा चार लाख ५० हजार हवाई टेक्निसियन र तीन लाख ५० हजार भन्दा बढी पाइलटको आवश्यकतालाई मध्यनजर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणको सहकार्यमा एभिएसन संग्रहालय सञ्चालनमा ल्याएको उनको भनाई छ।
विद्यार्थीबाहेक अन्यका लागि भने संग्रहालय अवलोकन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत भएपछि खुला गरिने उनले बताए। अन्तर्राष्ट्रिय एटीआर विमान प्रशिक्षक तथा विमान चालक क्याप्टेन उप्रेतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गर्दा दुर्घटना भएको टर्किस एयरको ३३०-३०० को जहाज खरिद गरेर संग्रहालय निर्माण गरेका हुन्। संग्रहालय निर्माण भएको नयाँ एयर बसको मूल्य २६ अर्ब रुपैयाँभन्दा बढी पर्छ। संग्रहालय निर्माण भएको एयरबसको क्षमता चार सय ४४ यात्रुको हो।यति ठूलो विमान प्रायः संसारका अन्य विमानस्थलमा दुर्घटना नहुने र नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने अभिप्रायले संग्रहालय निर्माण गरेको उप्रेतीले बताए।वेद उप्रेतीले २०७१ सालमा दुर्घटनाग्रस्त ‘फोकर-१००’ जहाजमा कैलालीको धनगढीमा पहिलो एभिएसन संग्रहालय स्थापना गरिसकेका छन्।ट्रस्टले स्वदेशी र विदेशी दक्ष विमान प्राविधिक झिकाएर विश्वकै सबैभन्दा ठूलो विमानभित्रको मिनिएचर विमान भएको विमान संग्रहालय बनाएको उनको भनाइ छ। यसअघि उप्रेतीले २०७१ सालमा दुर्घटनाग्रस्त ‘फोकर-१००’ जहाजमा कैलालीको धनगढीमा पहिलो एभिएसन संग्रहालय स्थापना गरेका थिए।अहिले उक्त स्थान भारत, नेपाल तथा अन्य देशका पर्यटकका लागि आकर्षक गन्तव्यसमेत बनेको छ। त्यसलाई क्यान्सरपीडित बिरामीलाई आर्थिक सहयोग गर्न तथा समाजसेवामा प्रयोग गर्ने उनको लक्ष्य छ।यसबाहेक पनि विश्वभरमै दक्ष पाइलटको अभाव कमी गर्न संग्रहालय स्थापना गरेको उनले बताए। संग्रहालयमा आउने स्कुलका विद्यार्थीलाई निःशुल्क र अन्य परिचयपत्रसहित आएका विद्यार्थीलाई ५० प्रतिशत छुट प्रदान गरिने उनको भनाइ छ।ट्रष्टले विद्यार्थिका लागि एक सय पचास, साधरण टिकटको मूल्य तीन सय र विदेशीका लागि ६ सय रुपैयाँ तोकेको छ। तर, एक महिनाका लागि भने विद्यार्थीको हकमा २५ रुपैयाँ र अन्यको हकमा ५० रुपैयाँ थप छुट दिइने उप्रेतीले जानकारी दिए।उप्रेतीले एभरेस्ट बैंकबाट करिब तीन करोड रुपैयाँ ऋण लिएर ‘वेद उप्रेती ट्रस्ट’ नामक सामाजिक संस्थामार्फत संग्रहालय तयार गरेका हुन्। संग्रहालय निर्माणमा सात करोड रुपैयाँ खर्च भएको उनको भनाइ छ। संसारमै नेपाल र नेपालीलाई चिनाउने बुद्धको शान्ति र विश्वकै सर्वोच्च शिखर सगरमाथाबाट चिनाइएको छ।अब नेपाललाई संसारकै ठूलो विमानभित्रको मिनी एचर विमानहरूको विशाल संग्रह भएको देशका रूपमा पनि चिनाउन संग्रहालयले महŒवपूर्ण भूमिका खेल्ने उनको भनाइ छ। संग्रहालय विश्वभरका हेलिकोप्टर एयर ट्राफिक र पाइलटसँगको दोहोरो संवाद, राइट ब्रदर्सले बनाएको पहिलो विमानका मोडेल तथा फोटो ग्यालरीले भरिपूर्ण छ।‘अन्य देशमा पनि एभिएसन संग्रहालय स्थापना नभएको भने होइन’, उनले भने, ‘सिनामंगलमा सञ्चालन हुन लागेको जस्तो ठूलो जहाजमा भने संग्रहालय विश्वमै बनेको छैन।’ तर, विश्वकै ठूलो एभिएसन संग्रहालय भने अमेरिकामा छ।विद्यार्थीलाई निःशुल्क प्रवेश गराउँदा उनीहरूले नागरिक उड्डयनसम्बन्धी सीपमूलक ज्ञान पनि लिन पाउने उनले बताए। विद्यार्थीलाई हवाई क्षेत्रमा आकर्षित गर्न पनि यसले सघाउने उनको भनाइ छ। सिनामंगलमा स्थापना हुने संग्रहालयमा रसुवामा दुर्घटनामा परेको फिस्टेलको हेलिकोप्टरसमेत राख्ने तयारी हुँदै छ।यसबाहेक पाँच सयभन्दा बढी विश्वमा रहेका पुराना एयरक्राफ्टका पार्टपुर्जा र १५ मिनेटको डकुमेन्ट्रीसमेत अवलोकनमा आउनेलाई देखाउने उनले बताए। ट्रस्टले संग्रहालय बनाउन लागेको ३३० वाइडबडी एयरबसको लम्बाइ दुई सय आठ फिट, उचाइ ५५ फिट र पखेटाको चौडाइ एक सय ९७ फिट छ।साभारः अन्नपूर्ण पोष्टबाट

Comments