रोबिन्होलाई सामूहिक बलात्कारको अभियोगमा नौ वर्ष जेल सजाय
८ मंसिर, काठमाडौं । सामूहिक बलात्कारको आरोपमा ब्राजिलियन फुटबलर रोबिन्होलाई नौ वर्ष जेल सजाय सुनाइएको छ । इटलीको अदालतले सन् २०१३ मा मिलानमा भएको सामूहिक बलात्कारमा रोबिन्होसँगै अरु पाँच ब्राजिलियनलाई सजाय सुनाएको हो । उनीहरुले २२ वषर्ीय खल्बानियानी महिलालाई नाइट क्लबमा बलात्कार गरेको अभियोग छ ।
ब्राजिलियन फुटबलर रोबिन्होले एसी मिलानबाट ५ वर्ष फुटबल खेले र २०१५ मा क्लब छाडे । उनी अहिले ब्राजिलको एथ्लेटिको मिनेरिनोबाट खेल्छन् । अदालतमा फैसला सुनाउने बेला उनी उपस्थित थिएनन् तर, वकिलमार्फत आरोप अस्वीकार गरेका थिए । ब्राजिलका लागि १०० क्याप जितेका रोविन्होले कुनै समय म्यान्चेस्टर सिटीबाट पनि खेलेका थिए ।
Comments
Post a Comment