भक्तपुरमा नेमकिपा र कांग्रेसको उम्मेदवारी दर्ता

भक्तपुर : भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र नेपाली कांग्रेसले ढिला गरी उम्मेदवारी दर्ता गराएका छन्। दुई निर्वाचन क्षेत्र रहेको भक्तपुरमा नेमकिपाका प्रेम सुवालले क्षेत्र नम्बर १ र अनुराधा थापा मगरले क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गरेका हुन्। नेमकिपाका दुवै उम्मेदवार पूर्वसांसद हुन् 
भक्तपुरमा नेमकिपा र कांग्रेसको उम्मेदवारी दर्ता


प्रदेशसभाका लागि भने नेमकिपाले क्षेत्र नम्बर १ (क)मा निरज लवाज र ख मा सुरेन्द्र गोसाई र क्षेत्र नम्बर २ (क) मा सरोजराज गोसाई र ख मा प्रेमजन थापालाई उम्मेदवार बनाएको छ। गोसाई दाजुभाइ हुन्।
सँगै नेपाली कांग्रेसका तर्फबाट बाबुराम जोशीले क्षेत्र नम्बर १ र पूर्व सांसद दमनाथ ढुंगानाले क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गरेका छन्। कांग्रेसको तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर १ (क) मा जीवन खत्री, ख मा अनिल भुजूको उम्मेदवारी परेको छ भने क्षेत्र नम्बर २ (क) मा उद्धव सिलवाल र ख मा गणेशमान चक्रधर उम्मेदवार बनेका छन्।
अन्य पार्टीले भने बिहीबार यसअघि नै उम्मेदवारी दर्ता गरिसकेका छन्।
भक्तपुरमा वाम गठबन्ध र संघीय फोरमको उम्मेदवारी दर्ता : क्षेत्र २ मा महेस बस्नेत

Source : AnnapurnaPost

Comments