सुदूरपश्चिमलाई सुनको टुक्रा बनाउँछौं: आरजु

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले सुदूरपश्चिमलाई सुनको टुक्राको रुपमा विकास गर्ने बताएकी छन् । नेपाली कांग्रेसकै नेतृत्वमा सुदूरपश्चिमलाई समृद्ध बनाउने प्रतिबद्धता गर्दै उनले प्रदेश ७ लाई सुन जस्तै बहुमूल्य बनाउने बताइन ।

सुदूरपश्चिमलाई सुनको टुक्रा बनाउँछौं: आरजु
सुदूरपश्चिमलाई सुनको टुक्रा बनाउँछौं: आरजु

प्रदेश ७ को भुगोल र जनसंख्या समेत मिलेको भन्दै उनले सानो भूगोल र थोरै जनसंख्या भएकोले पनि समृद्ध बनाउनका लागि सहज हुने उनको तर्क छ । कैलाली क्षेत्र नं.  ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरिसकेपछि उनले स्थानीय स्रोतको उपयोगबाटै प्रदेश ७ का जनताको जीवनलाई सहज बनाउन सकिने नेतृ राणाले बताइन । यसैबीच नेतृ राणाले एमाले-माअोवादीको गठबन्धनले अधिनायकवाद निम्त्याउने बताएकी छन् ।

Source : OnlineKhabar

Comments