चिकित्साको दुनियाँमा अर्को अनौठो सफलता, खुट्टाको औंला हातमा प्रत्यारोपण
कार्तिक ७, नयाँदिल्ली । सफ्दरगञ्ज अस्पतालका चिकित्सकहरुले एक १० वर्षीय नेपाली बालकको औंला सफलतापूर्वक प्रत्यारोपण गरेका छन् ।
उनको खुट्टाका दुई औंला शल्यक्रियामार्फत् हातमा प्रत्यारोपण गरिएको हो । सन् २०१५ मा आगलागीमा परी उनको हातका औंला गुमेका थिए । अस्पतालका प्लास्टिक सर्जरी विभागका प्राध्यापक राकेश कैनका अनुसार उनको नाडी आगोका कारण फैलिएको थियो ।शल्यक्रियाको क्रममा उनको एक हात नाडीबाट र अर्को औंलादेखि पाखुरासम्म काट्नु परेको थियो । उनका हात काम गर्न नसक्ने अवस्थामा थिए । कलम समाउन पनि सक्दैनथे, उनले । सोही कारण उनको आत्मविश्वास कम भएको थियो ।
Comments
Post a Comment