हङकङमा नेपाली चेली सम्मानित

हङकङ बेलायतबाट स्वतन्त्र भएको अवसर पारेर १ जुलाईमा दिइने तीन सय ३१ पदकमध्ये ‘चिफ एक्जुकेटिभ कमेन्डेसन फर कम्युनिटी सर्भिस’ पदकले नेपाली चेली राधिका गुरुङ सम्मानित भएकी छन् । हङकङ सरकारबाट प्रदान गरिने यो विशिष्ट सम्मानभित्र पर्छ । हङकङ सरकारकी कार्यकारी प्रमुख क्यारी लामाले बेनी नगरपालिका ७ वीरेन्द्र चोककी गुरुङलाई सम्मान गरेकी हुन् ।

हङकङमा नेपाली चेली सम्मानित

उनले समाजसेवाको विभिन्न पाटोमा योगदान पुर्‍याउँदै आएकी छन् । उनी एनआरएन हङकङकी अध्यक्ष, हङकङ नेपाली व्यापार संघकी कार्यकारिणी सदस्य, साहारा क्लब र मिस हङकङ सासाइटीकी सल्लाहकारसमेत हुन् । पुरस्कार थाप्दै उनले भनिन्, ‘यहाँ मैले गरेको कामको आधारमा सम्मानित हुने अवसर पाएँ । विदेशी भूमिमा समेत सामाजिक कार्यमा सक्रिय हुने अवसर पाएकी छु ।’

साभारः अन्नपूर्ण पोष्टबाट

Comments