चोरीको दुई मोटरसाइकलसहित एक पक्राउ

भक्तपुर: महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरले चोरीका दुईवटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ। सवारी चेकजाँचका क्रममा बा २६ प ४३४७ र बा ४१ प. १०३० नं को चोरीको मोटरसाइकलसहित चालक काभ्रे भकुण्डे नपा ५ का १७ वर्षिय विकास तामाङलाई नियन्त्रणमा लिएको छ भने अर्का चालक मोटरसाइल छाडेर फरार भएकाले त्यसको खोजी भइरहेको प्रहरीले जनाएको छ।

चोरीको दुई मोटरसाइकलसहित एक पक्राउ

उक्त मोटरसाइकल काठमाडौं २० भीमसेनस्थानबाट चोरी भएको अनुसन्धानको क्रममा खुल्न आएको र दुवै मोटरसाइकल तथा पक्राउ परेका तामाङलाई महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौं पठाइएको प्रहरी प्रभाग भक्तपुरले जनाएको छ।

साभारः अन्नपूर्ण पोष्टबाट

Comments