दुनियाँकै शक्तिशाली बंकर जहाँ जमिनमुनि ४२ वटा बस पुरियो

उमेरले ८३ वर्ष पुगेका एकजना व्यक्तिले यस्तो चमत्कार गरेर देखाइदिएकी दुनियाँनै अचम्ममा परेको छ । उनको उमेरका धेरै मानिसहरु निस्क्रिय हुन्छन् । तर उनले यस्तो उपलब्धि हासिल गरेका छन् कि त्यो अद्वितीय छ । तर उनको यो उपलब्धि यो बुढेसकालको मिहिनेतबाट मात्र सम्भव भएको होइन । उनले यसका लागि जीवनका ५० वटा वसन्त खर्चिएका छन् । उनको अथक परिश्रमबाटै उनी अहिले उत्तर अमेरिकाकै सबैभन्दा ठूलो परमाणु प्रतिरोधी निजी आश्रयस्थलका मालिक बनेका छन् ।

दुनियाँकै शक्तिशाली बंकर जहाँ जमिनमुनि ४२ वटा बस पुरियो

ब्रुस बिच नामका ती वृद्धले आफ्नो घरको पछाडिरहेको खाली जग्गामा जमिनमुनि एउटा यस्तो बंकर बनाएका छन् जसको नाम ब्चप त्धय राखेका छन् । सन् १९८० मा ४२ वटा स्कुल बसको सहयोगमा यो तयार गरिएको हो । यो बंकरले आणविक हमला झेल्ने क्षमता राख्दछ । यस कार्यमा बस किन्नका लागि उनले लाखौँ खर्च गरे । त्यसपछि १० हजार वर्गफिट चौडा सुरुंगमा यी ४२ वटा बसलाई यस्तो तरिकाले एकसाथ जोडेर राखेकी बस नै सुरुङ जस्तो बन्याे । सन् १९८० देखि उनले जमिनमुनि बस हाल्न सुरु गरेका हुन् । अन्ततः ५० वर्षको लगातारको मेहेनतपछि उनले यसलाई एउटा सुरक्षित बंकरको रुप दिन सफल भएका छन् ।यस बंकरमा सुत्नका लागि साढे ३ सय बेड छन् । साथै खानपिन गर्ने सरसामान तथा मनोरञ्जनका साधन पनि राखिएको छ । उनले यसअघि अबको २ वर्षभित्रमा यो संसारको अन्त्य हुने बताएका थिए । समुद्र निकै डरलाग्दो गरी चल्मलाउनु यसको संकेत भएको उनी बताउँछन् । तर अब संसारको अन्त्य हुने दिन केवल २ हप्तामात्र टाढा रहेको र आफ्नो त्यो भविष्यवाणी नमिलेमा पुनः अर्को तिथि तोक्ने उनले बताए ।

एजेन्सी / साभारः अनलाइन खबरबाट

Comments