रामशरण महतलाई लक्षित गरी बम प्रहार, चार जना घाइते

नुवाकोट : नेपाली कांग्रेसका नेता रामशरण महतलाई लक्षित गरी बम प्रहार भएको छ ।  ककनी गाउँपालिका–५ डाडाँगाउँमा चुनावी प्रचारमा जाने क्रममा केहीबेरअघि बम प्रहार गरिएको हो ।

रामशरण महतलाई लक्षित गरी बम प्रहार, चार जना घाइते

बम प्रहार हुँदा कांग्रेसका कार्यकर्ता उपेन्द्र मिश्र, सविन लामा, यसकुमार तामाङ, लिला घर्ती मगर गम्भीर घाइते भएको प्रमुखु जिल्ला अधिकारी जगदिशराज बरालले जानकारी दिए । चुनावी प्रचारमा प्रयोग गरिएको  बा १६ च ६६५ को जीपमा पूर्णरुपमा क्षति पुगेको छ । घटनाको लगत्तै सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । महत नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन् । बम विस्फोट गराउनेको खोजबिन भइरहेको प्रहरीले जानकारी दिएको छ । विष्फोट कसले गराएको भन्ने पुष्टी भइनसकेको प्रहरीले जानकारी दिएको छ ।

साभारः अन्नपूर्ण पोष्टबाट

Comments