चरिकोटमा भेटिएको बम सेनाद्वारा निष्क्रिय

चरिकोट: दोलखा सदरमुकाम चरिकोटमा बम फेला परेको छ। भीमेश्वर नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय अगाडि बम फेला परेको प्रहरीले जनाएको छ। बम कस्ले राख्यो भन्ने यकिन हुन सकेको छैन। बम भेटिएपछि चरिकोट केही समय आतंकित बनेको थियो। नेपाली सेनाले उक्त बम निष्क्रिय बनाएको छ। नेपाली कांग्रेसले बिहीबार सदरमुकाम चरिकोटमा चुनावी सभा राखेको छ। चुनावी सभालार्इ प्रभावित पार्न निर्वाचन विरोधी शक्तिहरुले बम राखेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।
चरिकोटमा भेटिएको बम सेनाद्वारा निष्क्रिय
चरिकोटमा भेटिएको बम सेनाद्वारा निष्क्रिय

Comments