स्याङ्जामा अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिता सुरु
स्याङ्जा: स्याङ्जाको भीरकोट नगरपालिका ५ स्वरेक मैदानमा बिहीवारदेखि अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिता शुरु भएको छ। सन् २०१८ मा इन्डोनेसियामा हुने एशियाली हवाई खेलकुदको खेलाडी छनौट गर्ने मुख्य उदेश्य सहित आयोजना गरिएको बाबु एडभेन्चर क्लबका निर्देशक सानोबाबु सुनुवारले जानकारी दिए।
प्रतियोगितामा अमेरिका, बेलायत, चिन, भारत, स्पेन, स्विटजरल्याड, बंगलादेश लगायतका २० देशका १ सय ८० जना खेलाडीले नाम दर्ता गराएको निर्देशक सुनारले बताए।
प्रतियोगिताका निर्णायक इन्डोनेसियाका एरिक पाउन्ट नेर, एहमद फैजल र मलेसियाका फेरजल बिन्किपाली खेलकुद स्थलमा आई पुगेका छन्। प्याराग्लाइडिङको उडान स्थल स्वरेक मैदानलाई छनौट गरिएको छ भने अवतरण डौवा मैदानलाई छनौट गरिएको छ। २० गते सम्म सञ्चालन हुने प्रतियोगितामा ८५ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ।
![]() |
स्याङ्जामा अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिता सुरु |
प्रतियोगिता उद्दघाटन हुनुपुर्व विभिन्न जातिय भेषभुषा तथा झाँकी प्रदशनीसहितको र्याली प्रदशनी गरिएको थियो। प्रतियोगिताको उद्दघाटन गर्दै जिल्ला समन्वय समिति स्याङजाका प्रमुख सिता सुन्दासले अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिता स्याङजामा गर्न पाउनु राष्ट्रकै गर्वको बिषय भएको बताउदै प्रतियोगितालाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न सबै जिल्लाबासीको दायित्व र कर्तव्य भएको बताईन्।
प्रतियोगिता अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको स्थानीय कला सांस्कृतिक कार्यक्रम, प्रत्येक साँझ भजन कीर्तन, दोहोरी, नौमती बाजा, परम्परागत, जातीय गायन तथा नृत्य, रत्यौली प्रतियोगिता संचालन गरिनेभएको छ।
स्थानीय परिकारलाई प्रर्वद्धन गर्न स्थानीय परिकार (कोदोको ढिडो, रोटी, गोलभेडा, टिमुर र मरठीको छोप, लोकल कुखुरा, गुन्द्रुक, भटमास, फापरका परिकार आदिको समेत व्यवस्था गरिएको छ।प्रतियोगी ग्लाईडरहरुले मनोरम प्राकृतिक स्थलहरूको अवलोकनका लागि गडहरे गुफा, गडहरे मैदान, ओकादी, दिगुवा (टोपी लाएको वन), साउन्दी, काभ्रे देउराली डाँडा जस्ता पर्यटकीय संभावना बोकेका स्थलहरुको समेत अवलोकन गराईनेभएको छ।
Comments
Post a Comment