नगर क्षेत्रमै पुगेनन् मतदाता शिक्षा स्वयम्सेवक
अधिकांश महिलाहरुले अहिलेसम्म मतपत्र र मतदान गर्ने प्रक्रियाबारे जानकारी दिन कोही नआएको सुनाए । तर जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार जिल्लामा दुई सय नौ जना मतदाता शिक्षा स्वयम्सेवक परिचालन भएका छन् । कार्यालयका प्रमुख उमेश राईले भक्तपुरमा एक हजार ६४ जना मतदाता बराबर एकजना मतदाता शिक्षा स्वयम्सेवक खटिएको जानकारी दिए ।‘भक्तपुरमा कुल दुईसय नौ वटा मतदान केन्द्र छन्’, उनले भने, ‘सोहीअनुसार प्रत्येक मतदान केन्द्र एवं एक हजार ६४ जना मतदाता बराबर एकजना मतदाता शिक्षा स्वयम्सेवक खटाएका छौं ।’उनका अनुसार मतदाता शिक्षा स्वयम्सेवक प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रयोग हुने तीनथरि नमुना मतपत्रसहित मतदाताको घरघरमा खटिन्छन् । यसरी घरघर पुग्ने बेला स्वयम्सेवकहरुले मतपत्रबारे जानकारी दिनुका साथै मतदान गर्ने तरिकाबारे सिकाउने अधिकृत राई बताउँछन् । उनका अनुसार यसरी खटिने स्वयम्सेवकहरुलाई कार्तिक १९ र २० गते तालिम दिइएको थियो ।निर्वाचन अधिकृत राईका अनुसार मतदाता शिक्षा स्वयम्सेवक प्रत्येक मतदाताको घर अनिवार्य पुग्नैपर्छ । मतदाताको घर पुगेको प्रमाणस्वरुप स्वयम्सेवकहरुले घरधनीको हस्ताक्षरसमेत संकलन गर्नुपर्छ । तर कति ठाउँमा स्वयम्सेवक नपुगेको सन्दर्भमा भने निर्वाचन अधिकृत राईले स्वयम्सेवकहरु बिहान बेलुकामात्रै खटिने भएकाले पुग्दै हुनुपर्ने प्रतिक्रिया दिए। नयाँ नगरपालिकाको क्षेत्र ठूलो भएकाले पनि स्वयम्सेवकहरु पुग्न ढिलाइ भएको हुनसक्ने उनले प्रस्ट पारे । दुई निर्वाचन क्षेत्र रहेको भक्तपुरमा कुल एक लाख ७८ हजार ९९ जना मतदाता रहेका छन् । जसमा महिला ९१ हजार ६ सय १४ र पुरुष ८६ हजार चार सय ८० तथा तेस्रो लिंगी पाँच जना रहेका छन् । त्यस्तै क्षेत्र नं १ मा ९४ हजार एकसय ६४ र क्षेत्र नं २ मा ८३ हजार नौसय ३१ जना मतदाता रहेका छन् ।
ईश्वरकाजी खाइजू , साभारः अन्नपूर्ण पोष्टबाट
Comments
Post a Comment