म्यादीमा भर्ना गराइदिन्छु भन्दै रकम असुल्ने तीन जना पक्राउ

१४ कात्तिक, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले म्यादी प्रहरीमा भर्ना गराइदिने भन्दै रकम असुल्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-१ का हरिनारायण राम, बिसुनदेव यादव र छठु महारा चमार रहेका छन् ।
म्यादीमा भर्ना गराइदिन्छु भन्दै रकम असुल्ने तीन जना पक्राउ
म्यादीमा भर्ना गराइदिन्छु भन्दै रकम असुल्ने तीन जना पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार पत्रकार सम्मेलन गरी नगद ३७ हजार एक सय रुपैयाँसहित तीन जनालाई सार्वजनिक गरेको हो ।
उनीहरुको साथबाट म्यादी प्रहरीमा भर्ना हुन आएका २२ जनाको प्रवेशपत्र, २० जनाको प्रवेशपत्रको फोटोकपी, स्वास्थ्य परीक्षण रिपोर्ट पाँच थान र मोबाइल तीन थान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।
म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु गरेसँगै म्यादी प्रहरीमा भर्ना गराइदिन्छु भन्दै उनीहरुले म्यादी प्रहरीका आवेदकसँग जनही तीन हजारदेखि पाँच हजारसम्म रकम उठाएको पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पर्साले छनौट भएका म्यादी प्रहरीहरु कसैको सिफारिसमा नभएर आफ्नै क्षमताले सफल भएको दावी समेत गरेको छ ।
मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि पर्सा प्रहरीले गत असोज २४ गतेदेखि ३० गतेसम्म आवेदन लिएको थियो ।
पर्सामा म्यादी प्रहरीका लागि १० हजार ४१ जनाले आवदेन दिएका थिए । त्यस मध्येबाट एक हजार ८१६ जना म्यादी प्रहरी भर्ना गरिने र २० प्रतिशतलाई वैकल्पिकमा छनौट गरिने पर्सा प्रहरीले जनाएको छ ।

साभारः OnlineKhabar

Comments