अब अनलाइनबाटै पूजाआजा बुकिङ र प्रसाद ग्रहण

काठमाडौंं । बत्तीसपुतलीमा रहेको रामचन्द्र मन्दिरमा पूजा-आजा, बिवाह, ब्रतबन्ध गर्नका लागि अनलाइनमार्फत बुकिङको व्यवस्था सुरु भएको छ । रामइपुजा डट ओआरजीको वेबसाइटमा गएर विश्वभरिबाटै अनलाइनमार्फत राममन्दिरमा पूजाआजा तथा ब्रतबन्धका लागि बुकिङ गर्न सकिन्छ ।नेपारिका टेक्नोलोजी प्रालिका प्रोजेक्ट मेनेजर दुर्गाप्रसाद फुयालकाअनुसार यसै वेबसाइट मार्फत मन्दिर तथा मानव सेवा आश्रमका लागि अनलाइन दान पनि गर्न मिल्छ । साथै विदेशका लागि डिएचएल कुरियर सर्भिसमार्फत प्रसाद डेलीभरीको समेत व्यवस्था रहेको फुयाल बताउँछन् । यस ई-पूजा सिस्टममा दुई वटा पेमेन्ट गेटवे छन् । नेपालका लागि इ सेवा र र विदेशका लागि पेपलबाट अनलाइन भुक्तानी गर्न सकिनेछ । यस ई-पूजा सिस्टमको सुभारम्भ कार्तिक १० गते मन्त्री परिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मीबाट भएको थियो ।


 Source : OnlineKhabar

Comments